मनाङमा दलित महिला सदस्य उम्मेदवार पाउनै मुस्किल « Khabarhub

मनाङमा दलित महिला सदस्य उम्मेदवार पाउनै मुस्किल


१७ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ – हिमाली जिल्ला मनाङमा दलित महिला सदस्य उम्मेदवार पाउनै मुस्किल परेको छ । हरेक पार्टीले दलित महिला सदस्य खोज्दा पनि उम्मेदवार बन्न दलित महिला तयार देखिएनन् । संविधानले स्थानीय तहको वडामा १ जना दलित महिला सदस्यलाई अनिवार्य निर्वाचित गराउनुपर्ने प्रावधान राखेको छ ।

२८ वटा वडा रहेको मनाङमा ५ वटा वडा रहेको नार्पाभूमि गाउँपालिकामा एमाले, कांग्रेस, स्वतन्त्रलगायत कुनै राजनीतिक दल र व्यक्तिले दलित महिला सदस्य पाएनन् । उम्मेदवार नपाएपछि सिंगो मनाङको ४ वटा गाउँपालिकामा १३ वटा वडा दलित महिला वडा सदस्य बीहिन बनेको जिल्ला निर्वाचन अधिकारी पुष्पराज शर्माले बताए ।

निर्वाचन कार्यालय मनाङका अनुसार ९ वटा वडा रहेको मनाङ ङिस्याङ गाउँपालिका १, २, ७ र ८ गरी ४ वटा वडामा दलित महिला वडा सदस्यको उम्मेदवारी परेको छैन । नासों गाउँपालिका २, ३, ६ र ७ मा दलित महिला सदस्यको उम्मेदवारी परेको छैन ।

प्रकाशित मिति : १७ बैशाख २०७९, शनिबार  ८ : ३९ बजे

सरकार र लघुवित्त पीडितबीच पाँच बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडाैं – सरकार र लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समितिबीच

सुनसरी घटनाप्रति राजेश हमालको चिन्ता, सामाजिक सद्भाव कायम राख्न अपिल

काठमाडाैं – महानायक राजेश हमालले सुनसरीमा भएको दुःखद घटनाप्रति गहिरो

लहान पुगे गृहमन्त्री गुरुङ, सुरक्षा अवस्था र कर्फ्युबारे उच्चस्तरीय छलफल

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ सिरहाको लहान पुगेका छन् ।

भरतपुरमा सद्‌भाव र्‍याली (तस्बिरहरू)

भरतपुर – एकताको सन्देश दिन चितवनको भरतपुरमा सद्भाव र्‍याली निकालिएको

विद्यालयमा महिनावारी स्वास्थ्य शिक्षा प्रभावकारी बनाउन जोड

काठमाडौं – विद्यालय शिक्षा प्रणालीमा महिनावारी स्वास्थ्य शिक्षालाई व्यवस्थित रूपमा