बाघको आक्रमणबाट माहुतेको मृत्यु « Khabarhub

बाघको आक्रमणबाट माहुतेको मृत्यु


१७ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

चितवन– बाघको आक्रमणबाट चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गतको कसरा हात्तीसार केन्द्रमा कार्यरत कर्मचारी (माहुते) को मृत्यु भएको छ ।

 शुक्रबार साँझ करिब साढे ५ बजेको समयमा बारा जिल्ला कोल्बी नगरपालिका–१ घर भएका  करिब २३ वर्षीय माहुते रमेश चौधरी थारूलाई बाघले आक्रमण गरेको हो ।

हात्तीसार केन्द्रमै आएर बाघले आक्रमण गरेपछि चौधरीको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए ।

शरिरको घाँटी लगायतको भागमा चोट लागेको अवस्थामा प्रहरीले मृतकको शव फेला पारेको हो । शवको जाँच, मुचुल्का लगायतको कार्य सम्पन्न गरि पोष्टमार्टमको लागि भरतपुर अस्पतालमा राखिएको छ ।  

छोराको मृत्युको विषयमा बुबाले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएको र थप अनुसन्धान गर्ने काम भइरहेको अधिकारीले बताए । 

प्रकाशित मिति : १७ बैशाख २०७९, शनिबार  १ : २७ बजे

‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’

झापा – जङ्गली हात्तीको आक्रमण र क्षतिबाट वर्षौँदेखि पीडित बनेका

मनकामनामा गोरखाका पर्यटकीय गन्तव्यबारे जानकारी दिन ‘डिजिटल बोर्ड’

गोरखा – प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल मनकामना आउने पर्यटकलाई गोरखासम्म

गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, १७ जना घाइते

स्याङ्जा – गल्याङमा आज साँझ भएको जिप दुर्घटनामा परी ज्यान

इरान धराशायी बन्दै गएको ट्रम्पको दाबी, आर्थिक दबाब थप कडा बनाउने चेतावनी

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान आर्थिक, सामाजिक तथा

४७ जना उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं – भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन