आपराधिक ग्याङ्गको हिंसा बढ्दै जाँदा इक्वेडोरमा आपतकाल घोषणा « Khabarhub

आपराधिक ग्याङ्गको हिंसा बढ्दै जाँदा इक्वेडोरमा आपतकाल घोषणा


१७ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आपराधिक ग्याङ्गको हिंसा बढ्दै जाँदा ल्याटिन अमेरिकी मुलुक इक्वेडोरमा आपतकालको घोषणा गरिएको छ । ग्याङ्गको हिंसा बढ्दै जाँदा इक्वेडोरको पश्चिममा रहेका तीन प्रान्तहरुमा आपतकाल घोषणा गरिएको बीबीसीले जनाएको छ ।

राष्ट्रपति गुलेर्मो लासोले आपतकालको घोषणा गर्दै इक्वेडोरको पश्चिममा रहेका तीन प्रान्तहरु गुयास, मनाबीएज्मेराल्दासमा कर्फ्यू लागू गरिने र यसका लागि हजारौं सैनिक एवम् प्रहरीलाई त्यसतर्फ पठाइने बताएका छन् ।

सो क्षेत्रमा ४ हजार प्रहरी र ५ हजार सैनिक परिचालन गरिने बताइएको छ ।

गत वर्ष राष्ट्रपति बनेयता गुलेर्मो लासोले हिंसा रोक्न आपतकालीन शक्तिको प्रयोग गरेको यो दोश्रो पटक हो । बीबीसीका अनुसार आपतकाल घोषणा गरिएका क्षेत्रमा राति ११ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यू लागू गरिनेछ ।

पछिल्ला केही समययता इक्वेडोरमा आपराधिक ग्याङ्गको हिंसामा उच्च वृद्धि भएको बीबीसीले जनाएको छ । राष्ट्रपति लासोले लागूऔषध तस्करका कारण आफ्नो मुलुकमा हिंसा बढेको बताएका छन् ।

छिमेकी मुलुकहरु कोलम्बिया र पेरुबाट अन्यत्र लागूऔषध तस्करी गर्न तस्करहरुले इक्वेडोरलाई ट्रान्जिट हबको रुपमा प्रयोग गर्दै आएको बताइन्छ ।

यसबाहेक मेक्सिकोका कुख्यात लागूऔषध तस्करहरुको पनि त्यहाँका स्थानीय ग्याङ्गसँग साँठगाँठ रहेको बताइएको छ ।

प्रकाशित मिति : १७ बैशाख २०७९, शनिबार  २ : ०२ बजे

विशेष महाधिवेशनको उद्घाटन सत्र साँच्चै विशेष रह्यो : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन विशेष

बन्दसूचीबाट नाम फिर्ता लिन चाहने उम्मेदवारलाई निवेदन दिन आयोगको आग्रह

काठमाडौं- निर्वाचन आयोगले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारले आफ्नो नाम फिर्ता

एल क्लासिको : बार्सिलोना र रियल मड्रिड भिड्दै

काठमाडौं – विश्व फुटबलकै सबैभन्दा चर्चित प्रतिस्पर्धा एल क्लासिको अन्तर्गत

सबैलाई शुभकामना, हामी आउँदैछौँ : बालेन

काठमाडौँ – काठमाडौँ महागनरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले आफूहरू आउँदै

कांग्रेस विशेष महाधिवेशनमा तन्नेरी आवाज : पार्टीमा अब नयाँ नेतृत्व

काठमाडौं- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पहिलो दिन भृकुटीमण्डपमा देशधरबाट