पोखरा महानगरपालिकामा मेयरका बागी उम्मेदवारलाई लालटिन चिह्न « Khabarhub

पोखरा महानगरपालिकामा मेयरका बागी उम्मेदवारलाई लालटिन चिह्न


१७ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– पोखरा महानगरपालिकाको मेयरमा बागी उम्मेद्वारी दिएका विमलबहादुर कार्कीलाई लालटिन चिह्न दिइएको छ । 

कांग्रेस नेतासमेत रहेका कार्कीले गठबन्धनको विरोध गर्दै स्वतन्त्र उम्मेद्वारी दिएका हुन् । उनलाई उम्मेद्वारी फिर्ताका लागि पटक पटक अनुरोध गर्दा पनि फिर्ता नलिएको भन्दै कांग्रेसले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिसकेको छ ।

गठबन्धनको विरोधमा कांग्रेसकै अन्य दुई नेताले पनि उम्मेद्वारी दिएका थिए । नन्दप्रसाद तिवारी र ऋषिराम सापकोटाले भने शुक्रबार नै उम्मेद्वारी फिर्ता लिएका छन् ।

यस्तै, अटेरी अभियानको सुरुवात गर्ने पोखराका अटेरी उम्मेदवारहरूलाई लौरो चिन्ह दिइएको छ । मेयरदेखि वडाध्यक्षसम्मका उम्मेदवारले अव लौरोबाट भोट माग्न पाउनेछन् । पोखरामा मेयरका लागि २३ र उपमेयरमा ८ जनाको प्रतिस्पर्धा छ ।

प्रकाशित मिति : १७ बैशाख २०७९, शनिबार  २ : ३८ बजे

भारत छाड्ने सरकारी आदेशविरुद्ध अदालत पुगे इमरान खान, ओसीआई कार्ड पनि रद्द हुन सक्ने

काठमाडौँ – बलिउड अभिनेता आमिर खानका भान्जा तथा अभिनेता इमरान खान

टाइगर श्राफमाथि गोली प्रहारपछि भाग्दै थिए नेपालतर्फ ? कोटा रेलवे स्टेसनबाट तीन जना पक्राउ

काठमाडौँ – बलिउड अभिनेता टाइगर श्राफको कारमाथि गोली प्रहार गरेको

नवरात्रको नवौँ दिन : शक्तिपीठमा भक्तजनको घुइँचो

काठमाडौँ– नवरात्रको नवौँ दिन आज काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा अवस्थित

सुस्त सुरुवात, १० करोडको छलाङ, ‘पेन्सन पट्टा’ बन्यो वर्षकै दोस्रो ठूलो कमाइ गर्ने फिल्म

काठमाडौँ – दयाहाङ राई अभिनीत नेपाली फिल्म ‘पेन्सन पट्टा’ले बक्सअफिसमा १०

‘मासु खाँदा हड्डी अड्किए तुरुन्त अस्पताल जानुपर्छ’

काठमाडौँ-  दसैँमा चिल्लो, पिरो र अमिलो खानेकुराको सेवन बढ्दा घाँटीमा