अमेरिकाले जर्मनीमा युक्रेनी सैनिकलाई तालिम दिँदै « Khabarhub

अमेरिकाले जर्मनीमा युक्रेनी सैनिकलाई तालिम दिँदै


१७ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकाले युक्रेनी फौजलाई तालिम दिन शुरु गरेको छ । अमेरिकी रक्षा प्रशासन पेन्टागनका प्रवक्ता जोन किरबीले युक्रेनी सैनिकलाई जर्मनीमा रहेको अमेरिकी सैनिक आधारमा तालिम दिन थालिएको जानकारी दिएका हुन् ।

‘आज म घोषणा गर्न सक्छु कि अमेरिकाले जर्मनीका महत्वपूर्ण अमेरिकी सैनिक केन्द्रहरुमा युक्रेनी फौजलाई प्रशिक्षण शुरु गरेको छ ।’ किरबीलाई उद्धृत गर्दै कतारी टेलिभिजन च्यानल अल जजीराको अनलाइन संस्करणले जनाएको छ ।

उनीहरुलाई अमेरिकाको फ्लोरिडा राज्यको नेशनल गार्डले तालिम दिने पेन्टागनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

तोपखाना प्रणाली, रडार प्रणाली र बख्तरबन्द गाडीको उपयोगबारे प्रशिक्षण केन्द्रित रहेको बताइएको छ ।

यद्यपि अमेरिकाले तालिम दिने युक्रेनी सैनिकको संख्या भने केबल ५० को हाराहारीमा रहेको अल जजीराले जनाएको छ ।

प्रकाशित मिति : १७ बैशाख २०७९, शनिबार  २ : ५६ बजे

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द

संघर्ष छिचोल्दै श्रीमान्–श्रीमती एकसाथ दीक्षित

काठमाडौं– जीवनमा सबैलाई अर्थपूर्ण साथको आवश्यकता पर्छ । अझ जिम्मेवारी