युक्रेनमा गर्भनिरोधक र गर्भपतन गराउने चक्की बाँड्न थालियो « Khabarhub

युक्रेनमा गर्भनिरोधक र गर्भपतन गराउने चक्की बाँड्न थालियो


१७ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- युक्रेनमा जारी युद्धका क्रममा बलात्कारका घटना बढ्न थालेपछि गर्भनिरोधक चक्की वितरण थालिएको छ । रुसी आक्रमणबाट सबैभन्दा प्रभावित क्षेत्रमा ३ हजारजति गर्भनिरोधक चक्की वितरण गरिसकिएको बीबीसीले जनाएको छ ।

अन्तर्राष्ट्रिय परिवार नियोजन महासंघले स्थानीयहरुलाई वितरण गर्न स्वयंसेवकहरुलाई चक्की उपलब्ध गराएको हो । महासंघकी क्यारोलाइन हिक्सनले जनाएअनुसार गर्भनिरोधक चक्कीले प्रभावकारी काम गर्न समय अत्यन्त महत्वपूर्ण हुन्छ ।

‘गर्भ रोक्नका लागि पाचौँ दिनसम्म मात्र यो चक्कीले प्रभावकारी काम गर्न सक्छ ।’ हिक्सनलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

‘त्यसैले लैङ्गिक हिंसाको पीडित हो भने तपाई यो चक्की जतिसक्दो छिटो लिनुपर्छ, किनभने बलात्कारका कारण रहेको गर्भ अत्यन्त पीडादायी हुन्छ ।’ उनले भनिन् ।

यसबाहेक यो संस्थाले गर्भपतन गराउने चक्की पनि युक्रेनतर्फ आपूर्ति गरेको बताइएको छ । यस्तो चक्की २४ साता सम्मको अनिच्छित गर्भधारणमा प्रभावकारी हुने बीबीसीले जनाएको छ ।

पछिल्लो समय रुसी फौजमाथि युक्रेनमा यौन र बलात्कारलाई युद्धमा हतियार बनाएको भन्ने आरोप लागिरहेका बेला गर्भनिरोधक र गर्भपतन गराउने चक्की वितरण गरिएको हो ।

प्रकाशित मिति : १७ बैशाख २०७९, शनिबार  ४ : २७ बजे

आशिका तामाङले भनिन् : अबदेखि भद्र र मर्यादित बन्ने कोसिस गर्छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले अबदेखि

सरकारी निकायमा स्वदेशी वस्तुको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन तथा स्वदेशी उद्यमी र

बगेर बेपत्ता भएका दुई किशोरको शव फेला

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा गत साउन ३०

विपद् व्यवस्थापनमा सरकार संवेदनशील छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापनमा गृह मन्त्रालय संवेदनशील

इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै

इन्डोनेसिया – शक्तिशाली भूकम्पमा परी कम्तीमा ७१ जनाको मृत्यु र