युक्रेनमा गर्भनिरोधक र गर्भपतन गराउने चक्की बाँड्न थालियो « Khabarhub

युक्रेनमा गर्भनिरोधक र गर्भपतन गराउने चक्की बाँड्न थालियो


१७ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- युक्रेनमा जारी युद्धका क्रममा बलात्कारका घटना बढ्न थालेपछि गर्भनिरोधक चक्की वितरण थालिएको छ । रुसी आक्रमणबाट सबैभन्दा प्रभावित क्षेत्रमा ३ हजारजति गर्भनिरोधक चक्की वितरण गरिसकिएको बीबीसीले जनाएको छ ।

अन्तर्राष्ट्रिय परिवार नियोजन महासंघले स्थानीयहरुलाई वितरण गर्न स्वयंसेवकहरुलाई चक्की उपलब्ध गराएको हो । महासंघकी क्यारोलाइन हिक्सनले जनाएअनुसार गर्भनिरोधक चक्कीले प्रभावकारी काम गर्न समय अत्यन्त महत्वपूर्ण हुन्छ ।

‘गर्भ रोक्नका लागि पाचौँ दिनसम्म मात्र यो चक्कीले प्रभावकारी काम गर्न सक्छ ।’ हिक्सनलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

‘त्यसैले लैङ्गिक हिंसाको पीडित हो भने तपाई यो चक्की जतिसक्दो छिटो लिनुपर्छ, किनभने बलात्कारका कारण रहेको गर्भ अत्यन्त पीडादायी हुन्छ ।’ उनले भनिन् ।

यसबाहेक यो संस्थाले गर्भपतन गराउने चक्की पनि युक्रेनतर्फ आपूर्ति गरेको बताइएको छ । यस्तो चक्की २४ साता सम्मको अनिच्छित गर्भधारणमा प्रभावकारी हुने बीबीसीले जनाएको छ ।

पछिल्लो समय रुसी फौजमाथि युक्रेनमा यौन र बलात्कारलाई युद्धमा हतियार बनाएको भन्ने आरोप लागिरहेका बेला गर्भनिरोधक र गर्भपतन गराउने चक्की वितरण गरिएको हो ।

प्रकाशित मिति : १७ बैशाख २०७९, शनिबार  ४ : २७ बजे

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै

निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा निर्वाचनमा क-कसलाई लाग्छ आचारसंहिता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

शुक्रबारका लागि निर्धारित कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल पुस ११ गते शुक्रबार तदनुसार