रुसी ह्याकरद्वारा रोमानियाका सरकारी साइटलाई लक्षित गरी साइबर हमला « Khabarhub

रुसी ह्याकरद्वारा रोमानियाका सरकारी साइटलाई लक्षित गरी साइबर हमला


१७ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुस समर्थित ह्याकरहरुले युक्रेनको छिमेकी मुलुक रोमानियाका सरकारी वेबसाइटहरूले निशाना बनाएर साइबर आक्रमण गरेका छन् ।

रोमानियाको राष्ट्रिय साइबर सुरक्षा निकायले विज्ञप्ति जारी गर्दै रुस समर्थित ह्याकरहरुले सरकारी वेबसाइटलाई लक्षित गरी साइबर हमला गरेको जनाएको हो ।

कतारी टेलिभिजन च्यानल अल जजीराका अनुसार साइबर हमलाको श्रृङ्खलाले ‘सार्वजनिक प्रतिष्ठान एवम् निजी संस्थाहरुलाई’ लक्षित गरेको रोमानियाको साइबर सुरक्षा निकायले जनाएको छ ।

यसबाट भएको क्षतिको विवरण भने उपलब्ध गराइएको छैन । यद्यपि घटनाबारे अनुसन्धान जारी रहेको बताइएको छ ।

गत फेब्रुअरी २४ मा रुसले युक्रेनमा आक्रमण थालेदेखि विश्वभर साइबर आक्रमणको खतरा बढिरहेका बेला रोमानियाली साइटहरुलाई लक्षित गरी ह्याकरहरुको आक्रमण भएको हो ।

प्रकाशित मिति : १७ बैशाख २०७९, शनिबार  ६ : ३९ बजे

ट्रम्पकी प्रेस सचिव एक सातामै पदमुक्त

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी प्रेस सचिव केटी जचारिया नियुक्त

लघुजलविद्युत्को भरमा लमजुङका बस्ती, राष्ट्रिय प्रसारण लाइनको प्रतीक्षा

लमजुङ- लमजुङका केही बस्तीका सर्वसाधारण अझै लघुजलविद्युत्को भरमा छन् ।

बागलुङ कालिकामा बढ्न थाले भक्तजन (तस्बिरहरू) 

बागलुङ–  पर्वत र बागलुङको सीमाना मालढुङ्गास्थित काली पुल मर्मतपछि पुनः सञ्चालनमा

दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि अस्पतालका

मनसुनजन्य विपद्‍बाट बेनीमा करोडौँको क्षति, २४२ घर पुनर्निर्माण गर्नुपर्ने

म्याग्दी– यस वर्षको मनसुनजन्य विपद्बाट म्याग्दीको बेनी नगरपालिकामा २४२ निजी