दलित महिला सदस्य परियार निर्विरोध निर्वाचित « Khabarhub

दलित महिला सदस्य परियार निर्विरोध निर्वाचित


१७ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– खोटाङमा एक दलित महिला सदस्य निर्विरोध निर्वाचित भएकी छन् । 

खोटेहाङ गाउँपालिका–५ चिप्रिङको दलित महिला सदस्यमा नेकपा एमालेको उम्मेदवार बच्चीमाया परियार निर्विरोध निर्वाचित भएकी हुन् । अन्य पार्टीले दलित महिला सदस्यमा उम्मेदवारी दिन नसकेकाले चिप्रिङमा ६५ वर्षीय बच्चीमाया निर्विरोध निर्वाचित भएकी निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।


निर्वाचन अधिकृतको कार्यालय खोटेहाङ गाउँपालिकाले शुक्रबार सूचना टाँस गर्दै दलित महिला सदस्य पदको निर्वाचनमा उम्मेदवार हुन मनोनयनपत्र दाखिला भएका परियारलाई स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा २५ बमोजिम निर्विरोध निर्वाचित भएको घोषणा गरेका छन् । 

चिप्रिङमा केही एक घर मात्र दलित परिवारको बसोबास रहेको छ । सिंगो वडामा दलितको एक मात्र परिवार भएकाले अन्य दलले दलित महिला कोटामा उम्मेदवार उठाउन नसकेको हो । 

निर्वाचन आयोगको मतदातासूचीमा बच्चीमाया सहित उनका श्रीमान् पूर्णबहादुर दमाई, छोरी कमला, छोरा प्रकाश र विकास परियारको नाम उल्लेख छ । अर्का छोरी शर्मिला विवाह गरेर अन्यत्र गइसकेकी छन् । विवाह गरिसकेकी छोरी निर्मला अपांग छिन् ।

प्रकाश वैदेशिक रोजगारीका सिलसिलामा विदेशमा छन् । 

प्रकाशित मिति : १७ बैशाख २०७९, शनिबार  ७ : ३८ बजे

सातवटै प्रदेशमा एकैदिन अधिवेशन गर्दै राप्रपा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सातवटै प्रदेशको अधिवेशनको तयारीमा जुटेको

पार्टीभित्रको बहस मिडियामा होइन, कमिटीमै गरौँ : महेश बस्नेत

काठमाडौं- नेकपा (एमाले) का सचिव महेश बस्नेतले पार्टीभित्रका असहमति र

न्यूयोर्क पुगे प्रधानमन्त्री शाह

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाह अमेरिकाको न्यूयोर्क पुगेका छन् । संयुक्त

अर्थमन्त्रीसँग वनमन्त्रीको भेट, रासायनिक मलको आपूर्तिबारे छलफल

काठमाडौं– कार्यवाहक प्रधानमन्त्री डा स्वर्णिम वाग्लेसँग कृषि, वन तथा पर्यावरणमन्त्री