जिम्बावेविरुद्ध टी-२० : नेपाली टिमको घोषणा « Khabarhub

जिम्बावेविरुद्ध टी-२० : नेपाली टिमको घोषणा


१७ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जिम्बावे ‘ए’ विरुद्धको टी-२० शृंखलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ ।

शनिबार नेपाली टोलीका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले सन्दीप लामिछानेको कप्तानीमा १७ सदस्यीय टोलीको घोषणा गरेका हुन् ।

नेपालले घरेलु मैदानमा जिम्बावेविरुद्ध तीन एकदिवसीय र तीन ट्वान्टी २० क्रिकेट शृंखला खेल्ने तालिका छ ।

यसअघि नेपालले जिम्बावेविरुद्ध पहिले एकदिवसीय शृंखलाको खेल्ने तालिका रहे पनि वर्षाका कारण आज हुने तय भएको पहिलो खेल स्थगित भएको थियो ।

यसैकारण नेपाल क्रिकेट संघ (क्यान) ले शृंखलाको नयाँ तालिका बनाएको थियो । जसमा दुई टोलीले सुरुमा ट्वान्टी २० शृंखला खेल्ने तय गरिएको थियो ।

नेपालले पहिलाे पटक टेस्ट मान्यता राष्ट्रकाे टाेलीविरुद्ध घरेलु मैदानमा क्रिकेट शृंखला खेल्न लागेको हो ।

ट्वान्टी–२० शृंखलाका लागि घोषित नेपाली टोलीः
सन्दीप लामिछाने (कप्तान), आरिफ शेख, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, आदिल अन्सारी, करण केसी, सोमपाल कामी, अविनास बोहरा, सागर ढकाल, साहब आलम, किशोर महत्तो, विवेक यादव, बसिर अहमेद, लोकश बम र भिम कार्की ।

प्रकाशित मिति : १७ बैशाख २०७९, शनिबार  ८ : १८ बजे

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका

माइतीघरमा टेण्ट टाँगेर बसेकालाई रातभरिमा खाली गर्न प्रहरीको उर्दी

काठमाडौँ । काठमाडौँको माइतीघरमा धर्नामा बसेकाहरूलाई तत्काल उक्त ठाउँ छोडेर

एआई क्षेत्रको दबाबले विश्व सेयर बजार प्रभावित

३० भदौ, टोकियो (रासस/एपी) ।आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्षेत्रका कम्पनीको शेयर

सुडान तीव्र भोकमरी र विस्थापन सङ्कट : राष्ट्रसङ्घ

३० भदौ, न्युयोर्क (रासस/क्युएनए) । संयुक्त राष्ट्रका एक वरिष्ठ अधिकारीले

सिद्धबाबा सडकखण्डमा कारबामाथि बजारियो ढुंगा, दुई जना घाइते

काठमाडौँ । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा खण्डको सिद्धबाबा क्षेत्रमा माथिबाट खसेको