‘काठमाडौँ उपत्यकामा पर्यावरणीय अपराध भइरहेको छ’ « Khabarhub

‘काठमाडौँ उपत्यकामा पर्यावरणीय अपराध भइरहेको छ’

जबसम्म बन्द कोठामा निर्णय भइरहन्छन् तबसम्म सार्वजनिक ठाँउहरुले सफलता पाँउदैनन् !

१६ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट

0
Shares
  • change font
  • change font
  • change font

मैले काम गर्दा प्रक्रियागत अवरोध र ब्युरोक्रेसीबाट हुने झमेला पाँच वर्ष काम गर्दा झेले । यसमा कुनै पनि निराशा छैन । यसले मलाई झन् सीपमूलक बनाई दियो । यही क्रममा ललितपुरमा काम गर्दै गर्दा हामीले गरिरहेको काम चुनाव र विभिन्न अवरोधका कारण ढिला सुस्ती भएर हस्तान्तरण गर्न सकेनौँ ।

अहिले पार्क बनाइरहेको ठाउँमा एकदमै झारहरू उम्रिरहेका छन् । मान्छेहरूले झार उम्रेकोमा यो भएन त्यो भएन भनिरहेका छन् । तर मैले हेर्दा प्रकृतिले काम नलाग्ने कुनै पनि चिज बनाएको छैन । झारले त्यहाँ माटो बनाउने काम गरिरहेको छ । गँड्यौलाले माटो बनाउने काम गरिरहेको छ ।

झारको जरा अरू वनस्पतिको भन्दा फरक हुने हुँदा यसको जराले पनि माटो बनाई रहेको हुन्छ । त्यसैले पार्क भनेको माटो हो, संरचना होइन । मैले यस पक्रियामा पार्कमा के के बनाउने भन्दा पनि पार्कमा के के नबनाउने भन्ने सिके ।

हस्तान्तरण गर्न धेरै कामहरू बाँकी छन् । समुदायको सम्पत्ति कसरी बनाउने भन्ने कुरामा भावनाको सम्बन्ध र स्वामित्वको कुरामा हामीले काम गर्न धेरै बाँकी छ । मान्छेहरूले पार्क भएन भन्दै गर्दा एउटा एक अर्काको साथ र आवश्यकताको तालमेल मिलाएर हामीले काम गर्नुपर्छ जस्तो लाग्यो ।

ललितपुरमा पुग्ने बित्तिकै एउटा हरियाली देखिन्छ भन्ने दृष्टिकोण छ । तर ती रुखहरूलाई के भइरहेको छ भने ती रुखहरू सबै एउटा ‘मोनोकल्चर’ मा छन् । रुखलाई मोनो कल्चरमा भन्दा पनि ‘डाइभर्स’ रूपमा पर्यावरणीय ‘इकोसिस्टम’ चाहिन्छ । हामीले रुखलाई एकदमै सानो ठाउँ दिएका छौँ । त्यस्तो ठाउँमा हामीले ‘रेनगार्डेन’ निर्माण गर्न सक्छौँ ।

अर्को चरणमा यस्तै साना–साना कामहरू तर एकदमै महत्त्वपूर्ण कामहरू गर्नुपर्ने छन् । यसलाई हामीले बेवास्ता गर्नुहुँदैन । पार्क बनाउने क्रममा धेरै पटक काम गर्दा खेरी हामीले साना साना सफलताहरू मापन गरेका छौँ । हाम्रा सबै पार्कहरू करोड भन्दा माथिको बजेटमा छन् ।

जावलाखेलको पार्क बनाउनु हुँदैन भन्दा भन्दै पनि बनाइयो । म अहिले त्यस पार्कको ‘केस स्टडी’ गरिरहेको छु । पानी जस्तो गतिशील चिजलाई संरचनामा बाँधेर माछा ल्याएर राख्छौ र दुई चार दिनमा मर्छन् । भनेपछि हामी माछालाई पनि चौबिस लाखको ‘फाउन्टेन’ बनाएर मार्छौ । यो भनेको एउटा पर्यावरणीय अपराध हो । र त्यो अपराध काठमाडौँ उपत्यकामा धेरै भइरहेको छ ।

अब यो जे भइरहेको छ, यसलाई सुधारको बाटोमा हिँड्नको लागी बन्द कोठामा निर्णय नगरी सार्वजनिक रूपमा गएर हाम्रो दृष्टिकोण किन यस्तो भयो ? भन्ने कुरामा जब हामी लाग्दैनौ, तबसम्म हाम्रो सार्वजनिक ठाउँहरुले सफलता पाउँदैनन् ।

अबको दिनहरूमा यसको लागी मेयर साबलाई शुभकामना दिन चाहन्छु । म पनि पार्क बनाउँछु भनेर गए । पार्क बनाउने उत्तर मसँग छ भनेर गए । तर होइन रहेछ । मसँग प्रश्न रहेछन् ।

र, यो सबै पार्कहरू भनेका प्रश्न हुन् । त्यसैले हामीले आधारभूत प्रश्न गर्नुपर्ने जरुरी देखिन्छन् । फेरि पनि नयाँ मेयर साबलाई भेटेर सुधारको बाटोमा हामी सँगसँगै हातेमालो गर्दै अगाडि बढ्न म उत्साहित छु ।मैले काम गर्दा प्रक्रियागत अवरोध र ब्युरोक्रेसीबाट हुने झमेला पाँच वर्ष काम गर्दा झेले । यसमा कुनै पनि निराशा छैन । यसले मलाई झन् सीपमूलक बनाई दियो । यही क्रममा ललितपुरमा काम गर्दै गर्दा हामीले गरिरहेको काम चुनाव र विभिन्न अवरोधका कारण ढिला सुस्ती भएर हस्तान्तरण गर्न सकेनौँ ।

अहिले पार्क बनाइरहेको ठाउँमा एकदमै झारहरू उम्रिरहेका छन् । मान्छेहरूले झार उम्रेकोमा यो भएन त्यो भएन भनिरहेका छन् । तर मैले हेर्दा प्रकृतिले काम नलाग्ने कुनै पनि चिज बनाएको छैन । झारले त्यहाँ माटो बनाउने काम गरिरहेको छ । गँड्यौलाले माटो बनाउने काम गरिरहेको छ ।

झारको जरा अरू वनस्पतिको भन्दा फरक हुने हुँदा यसको जराले पनि माटो बनाई रहेको हुन्छ । त्यसैले पार्क भनेको माटो हो, संरचना होइन । मैले यस पक्रियामा पार्कमा के के बनाउने भन्दा पनि पार्कमा के के नबनाउने भन्ने सिके ।

हस्तान्तरण गर्न धेरै कामहरू बाँकी छन् । समुदायको सम्पत्ति कसरी बनाउने भन्ने कुरामा भावनाको सम्बन्ध र स्वामित्वको कुरामा हामीले काम गर्न धेरै बाँकी छ । मान्छेहरूले पार्क भएन भन्दै गर्दा एउटा एक अर्काको साथ र आवश्यकताको तालमेल मिलाएर हामीले काम गर्नुपर्छ जस्तो लाग्यो ।

ललितपुरमा पुग्ने बित्तिकै एउटा हरियाली देखिन्छ भन्ने दृष्टिकोण छ । तर ती रुखहरूलाई के भइरहेको छ भने ती रुखहरू सबै एउटा ‘मोनोकल्चर’ मा छन् । रुखलाई मोनो कल्चरमा भन्दा पनि ‘डाइभर्स’ रूपमा पर्यावरणीय ‘इकोसिस्टम’ चाहिन्छ । हामीले रुखलाई एकदमै सानो ठाउँ दिएका छौँ । त्यस्तो ठाउँमा हामीले ‘रेनगार्डेन’ निर्माण गर्न सक्छौँ ।

अर्को चरणमा यस्तै साना–साना कामहरू तर एकदमै महत्त्वपूर्ण कामहरू गर्नुपर्ने छन् । यसलाई हामीले बेवास्ता गर्नुहुँदैन । पार्क बनाउने क्रममा धेरै पटक काम गर्दा खेरी हामीले साना साना सफलताहरू मापन गरेका छौँ । हाम्रा सबै पार्कहरू करोड भन्दा माथिको बजेटमा छन् ।

जावलाखेलको पार्क बनाउनु हुँदैन भन्दा भन्दै पनि बनाइयो । म अहिले त्यस पार्कको ‘केस स्टडी’ गरिरहेको छु । पानी जस्तो गतिशील चिजलाई संरचनामा बाँधेर माछा ल्याएर राख्छौ र दुई चार दिनमा मर्छन् । भनेपछि हामी माछालाई पनि चौबिस लाखको ‘फाउन्टेन’ बनाएर मार्छौ । यो भनेको एउटा पर्यावरणीय अपराध हो । र त्यो अपराध काठमाडौँ उपत्यकामा धेरै भइरहेको छ ।

अब यो जे भइरहेको छ, यसलाई सुधारको बाटोमा हिँड्नको लागी बन्द कोठामा निर्णय नगरी सार्वजनिक रूपमा गएर हाम्रो दृष्टिकोण किन यस्तो भयो ? भन्ने कुरामा जब हामी लाग्दैनौ, तबसम्म हाम्रो सार्वजनिक ठाउँहरुले सफलता पाउँदैनन् ।

अबको दिनहरूमा यसको लागी मेयर साबलाई शुभकामना दिन चाहन्छु । म पनि पार्क बनाउँछु भनेर गए । पार्क बनाउने उत्तर मसँग छ भनेर गए । तर होइन रहेछ । मसँग प्रश्न रहेछन् ।

र, यो सबै पार्कहरू भनेका प्रश्न हुन् । त्यसैले हामीले आधारभूत प्रश्न गर्नुपर्ने जरुरी देखिन्छन् । फेरि पनि नयाँ मेयर साबलाई भेटेर सुधारको बाटोमा हामी सँगसँगै हातेमालो गर्दै अगाडि बढ्न म उत्साहित छु ।

(प्रस्तुती : पासाङ लामा ह्योल्मो)

प्रकाशित मिति : १६ जेठ २०७९, सोमबार  ११ : २१ बजे

बुद्धनगरमा आत्मदाहको प्रयास गरेका अश्विन राउतको निधन

काठमाडौं- राजधानीकोे बुद्धनगरमा आत्मदाहको प्रयास गरेका अश्विन राउतको निधन भएको

भियतनाममा पर्यटक बोकेको डुङ्गा पल्टिँदा १५ जनाको मृत्यु

हनोई- भियतनामको दक्षिणी फु क्वोक टापु नजिक शनिबार पर्यटक बोकेको डुङ्गा

गण्डकीमा पूर्वाधार विकासले गति लिएको छ : मुख्यमन्त्री पाण्डे

गोरखा- गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशमा पूर्वाधार विकासका आयोजना निर्धारित

विपद् प्रतिकार्यसम्बन्धी कार्ययोजना अनुमोदन

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले विपद् व्यवस्थापनलाई थप

गणेश नेपालीको न्यायको माग गर्दै वीर अस्पतालअघि प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं- आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका गणेश नेपालीको न्यायको माग