बजेटमा प्रधानमन्त्रीको गृहजिल्ला डडेलधुराका के के योजना समेटिए ? « Khabarhub

बजेटमा प्रधानमन्त्रीको गृहजिल्ला डडेलधुराका के के योजना समेटिए ?


१६ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- संघीय संसद्मा आइतबार अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका छन् ।

आइतबार संसदमा अर्थमन्त्री शर्माले प्रस्तुत गरेको बजेटमा प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुराका योजनाहरु पनि समेटिएका छन् ।

अर्थमन्त्री शर्माले डडेलधुरामा मेडिकल कलेज सञ्चालनमा ल्याउने घोषणा गरेका छन् । उनले डडेलधुरामा मेडिकल कलेज स्थापनाको प्रक्रियालाई अघि बढाइने बताए । 

डडेलधुरामा रहेको उग्रतारा भगवतीको मन्दिरलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिने योजनालाई पनि अर्थमन्त्री शर्माले बजेटमा ठाउँ दिएका छन् । 

डडेलधुरा, डोटी र बैतडीलाई समेटेको ७५० मेगावाट पश्चिम सेती जलविद्युत् आयोजनाको प्राविधिक तयारी गरी निर्माण कार्यलाई अघि बढाइने पनि बजेटमा उल्लेख छ ।

झापादेखि डडेलधुरासम्म भित्री मधेस क्षेत्रमा अवस्थित उपत्यका जोड्नका लागि निर्माण कार्य जारी रहेको मदन भण्डारी राजमार्गलाई पनि यस पटकको बजेटमा निरन्तरता दिइएको छ । सरकारले यसका लागि २ अर्ब ९१ करोड विनियोजन गरेको छ ।

त्यस्तै, डडेलधुराकै अजयमेरुमा विमानस्थल पनि निर्माण हुने अर्थमन्त्रीको घोषणा छ । यद्यपि यसका लागि बजेट भने खुलाइएको छैन । 
 

प्रकाशित मिति : १६ जेठ २०७९, सोमबार  १२ : ०२ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने