बजेटमा प्रधानमन्त्रीको गृहजिल्ला डडेलधुराका के के योजना समेटिए ? « Khabarhub

बजेटमा प्रधानमन्त्रीको गृहजिल्ला डडेलधुराका के के योजना समेटिए ?


१६ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- संघीय संसद्मा आइतबार अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका छन् ।

आइतबार संसदमा अर्थमन्त्री शर्माले प्रस्तुत गरेको बजेटमा प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुराका योजनाहरु पनि समेटिएका छन् ।

अर्थमन्त्री शर्माले डडेलधुरामा मेडिकल कलेज सञ्चालनमा ल्याउने घोषणा गरेका छन् । उनले डडेलधुरामा मेडिकल कलेज स्थापनाको प्रक्रियालाई अघि बढाइने बताए । 

डडेलधुरामा रहेको उग्रतारा भगवतीको मन्दिरलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिने योजनालाई पनि अर्थमन्त्री शर्माले बजेटमा ठाउँ दिएका छन् । 

डडेलधुरा, डोटी र बैतडीलाई समेटेको ७५० मेगावाट पश्चिम सेती जलविद्युत् आयोजनाको प्राविधिक तयारी गरी निर्माण कार्यलाई अघि बढाइने पनि बजेटमा उल्लेख छ ।

झापादेखि डडेलधुरासम्म भित्री मधेस क्षेत्रमा अवस्थित उपत्यका जोड्नका लागि निर्माण कार्य जारी रहेको मदन भण्डारी राजमार्गलाई पनि यस पटकको बजेटमा निरन्तरता दिइएको छ । सरकारले यसका लागि २ अर्ब ९१ करोड विनियोजन गरेको छ ।

त्यस्तै, डडेलधुराकै अजयमेरुमा विमानस्थल पनि निर्माण हुने अर्थमन्त्रीको घोषणा छ । यद्यपि यसका लागि बजेट भने खुलाइएको छैन । 
 

प्रकाशित मिति : १६ जेठ २०७९, सोमबार  १२ : ०२ बजे

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका

आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस

काठमाडौं– आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस हो । विसं

विश्वकप तयारी : नेपाली टिमको बलिङ कोचमा अस्ट्रेलियन क्रिकेटर इयान हार्भे नियुक्त

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले अस्ट्रेलियाका पूर्वक्रिकेटर इयान हार्भेलाई

चिसो बढे पनि ढोरपाटनमा घटेन पर्यटकको चहलपहल

ढोरपाटन– यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा