विमान दुर्घटनाको कारणबारे सत्यतथ्य पत्ता लगाउन पाँच सदस्यीय जाँचबुझ आयोग गठन « Khabarhub

विमान दुर्घटनाको कारणबारे सत्यतथ्य पत्ता लगाउन पाँच सदस्यीय जाँचबुझ आयोग गठन


१६ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले तारा एयरको विमान दुर्घटनाको कारण पत्ता लगाउन ५ सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वरिष्ठ एरोनटिकल इन्जिनियर रतिशचन्द्र लाल सुमन दुर्घटना तथा जाँच इन्चार्ज रहने गरी आयोग गठन गरेको हो । आयोगको सदस्यहरूमा क्याप्टेन दिपु ज्वार्चन, वरिष्ठ मेन्टिनेन्स इन्जिनियर उपेन्द्र लाल श्रेष्ठ, वरिष्ठ मौसमविद मणिरत्न शाक्य र मन्त्रालयका प्राविधिक सहसचिव वुद्धिसागर लामिछाने छन् ।

यो समितिलाई दुर्घटनाको कारण पत्ता लगाई भविष्यमा यस्ता घटना दोहोरिन नदिने उपाय सिफारिस गर्ने कार्यादेश दिइएको छ । मन्त्रिस्तरिय निर्णयअनुसार अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको एनेक्स १३ तथा गैर सैनिक हवाई (दुर्घटना जाँच) नियमावली, २०७१ वमोजिम घटनाको कारण पत्ता लगाई भविष्यमा यस्ता घटना नदोहोरियोस् भन्ने उद्देश्यले गैर सैनिक हवाई (दुर्घटना जाँच) नियमावली, २०७१ को नियम ११ वमोजिम आयोग गठन गरिएको हो ।

आइतबार पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको ट्वीनअटर विमान मुस्ताङको थासाङ्ग गाउँपालिका २ सानुसरे भन्ने स्थानमा १४ हजार ५०० फिटको उचाईमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो । जहाजमा २२ जना यात्रु सवार थिए । विमानमा सवार सबैजनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : १६ जेठ २०७९, सोमबार  ५ : ०२ बजे

मन्त्री पुनको फेसबुक स्टाटसमा जेन-जीहरुको कमेन्ट : ‘लाचार अभियन्ता !’

काठमाडौं- सामाजिक सञ्जालमा विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनको पोस्टलाई

युक्रेन र मध्यपूर्व युद्धबीच भारतमा ब्रिक्स नेताहरूको बैठक

नयाँदिल्ली– उदीयमान तथा विकासोन्मुख राष्ट्रहरूको विश्वव्यापी एजेन्डा निर्माणमा थप प्रभावकारी

इन्द्रजात्राको साइत : आइतबार इन्द्रध्वजाको लिङ्गो उठाउन रूख काटिने

काठमाडौं– नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको इन्द्रजात्राका साइत

युएईमाथि ४४ रनको शानदार जित, नेपाल एसिया कपमा छनोट

काठमाडौं– तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली

इराकी लडाकुको ड्रोन हमलापछि पूर्व-पश्चिम पाइपलाइन बन्द गरिएको साउदी अरबको घोषणा

काठमाडौं- मध्यपूर्वमा जारी युद्ध थप भड्कँदै जाँदा साउदी अरबले आफ्नो