१६ कैदीको सजाय मिनाहा गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय « Khabarhub

१६ कैदीको सजाय मिनाहा गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय


१६ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सरकारले प्रधानसेनापति प्रभुराम शर्मा नेतृत्वको भ्रमण दललाई युएनआइएफ आइएलएल, लेबनान र युएनडिओएफ, सिरिया तथा मित्रराष्ट्र संयुक्तराज्य अमेरिका भ्रमणमा जान स्वीकृति दिएको छ ।

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले सो जानकारी दिएका हुन् ।

यसैगरी मन्त्रिपरिषद्को बैठकले बेल्जियमको राजधानी ब्रसेल्समा यही जेठ १८ देखि १९ गतेसम्म आयोजना हुने ‘ग्लोबल समिट २०२२ टर्निङ द टाइड अन चाइल्ड सेक्सुअल अब्युज अनलाइन’ कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य सलोनी सिंहलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।

बैठकले नेपाल बैंक लिमिटेडको स्वामित्वमा सुर्खेतमा रहेको जग्गा नेपाल राष्ट्र बैंकलाई लिजमा दिन स्वीकृति दिने, गणतन्त्र दिवस, २०७९ का अवसरमा उपमाकान्त पराजुलीसमेत १६ व्यक्तिको सजाय माफी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको उनले बताए ।

सरकारले नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको कार्यकारी समितिको सदस्यमा प्रकाशबहादुर श्रेष्ठलाई मनोनयन गर्ने, सुरक्षण मुद्रण विकास समिति गठन (तेस्रो संशोधन) आदेश, २०७९ को दफा ६ को उपदफा ९३० बमोजिम सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलको पदावधि एकपटकका लागि थप गर्ने निर्णयसमेत गरेको छ ।

सरकारले परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, थापाथलीमा पदाधिकारी रहेका जनसङ्ख्या प्रमुख कन्सलटेन्ट अब्स्ट्रेटिक्स एण्ड गाइनोकोलोजिष्ट डा जागेश्वर शर्मा गौतमले दिएको राजीनामा स्वीकृत गर्नुका साथै लोक सेवा आयोगको सिफारिसबमोजिम निजामती सेवाको राजपत्राङ्कित प्रथम श्रेणीको पदमा नियुक्ति तथा पदस्थापन गर्ने निर्णय गरेको मन्त्री कार्कीले जानकारी दिए।

यसैगरी मन्त्रिपरिषद् बैठकले बजेट तथा अर्थसम्बन्धी विधेयक सङ्घीय संसद्मा पेश गर्ने, मूल्य अभिवृद्धि कर (चौबिसौँ संशोधन) नियमावली, २०७९ अन्तःशुल्क (तेइसौँ संशोधन) नियमावली, २०७९ः भन्सार (तेह्रौँ संशोधन) नियमावली, २०७९ र आयकर (तेहौँ संशोधन) नियमावली, २०७९ स्वीकृत गर्ने निर्णय गरेको छ ।

 

प्रकाशित मिति : १६ जेठ २०७९, सोमबार  ५ : ४८ बजे

कृष्णभीरमा खोलिएको ट्र्याकमा ग्राभेल गर्न थालियो

चितवन– पृथ्वी राजमार्गको कृष्णभीरमा बनाइएको ट्र्याकमा आजदेखि ग्राभेल गर्न थालिएको

रुस, चीनसहित ६ देशका विदेशमन्त्रीसँग दिल्लीमा इरानको बैठक गर्‍यो, ओमानमा अर्को संवादको तयारी

काठमाडौं- नयाँ दिल्लीमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनको अवसरमा इरानले

हरिओम र निरजको जोडीलाई ब्याडमिन्टनको उपाधि

डडेल्धुरा– डडेल्धुरामा आयोजित जिल्लास्तरीय खुला पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगिताको उपाधि हरिओम

आठ खर्ब लाग्ने पुनःनिर्माणका लागि कसरी जुटाउला सरकारले स्रोत ?

काठमाडौं- भोटेकोशीमा गत भदौ १० गते आएको विनाशकारी बाढीले निकै

प्राप्त सुझावलाई प्राथमिकतामा राखेर काम गर्छौँ : मन्त्री पोखरेल

सप्तरी– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मधेसका जिल्लाका विद्यार्थी, अभिभावक, जनप्रतिनिधि