'युवकले अस्वाभाविक रुपमा छोएपछि अभिनेत्रीले झापड हानेकी हुन'  | Khabarhub Khabarhub

‘युवकले अस्वाभाविक रुपमा छोएपछि अभिनेत्रीले झापड हानेकी हुन’ 


१६ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– हलमा प्रदर्शनरत फिल्म ‘कबड्डी ४ : द फाइनल म्याच ले कमाइमा किर्तिमान राखिरहेको छ । फिल्मले पहिलो विकेन्डमा झन्डै ७ करोडको हाराहारीमा ग्रस कलेक्सन गरेको छ । यो अहिलेसम्म कुनै नेपाली फिल्मले तीन दिनमा गरेको कमाइमा पहिलो हो । फिल्मलाई दर्शकले रुचाइरहेका छन् । फिल्मप्रति दर्शकको आकर्षण बढेसँगै ‘कबड्डी ४’ टिम हलमा पुगेर प्रत्यक्ष रुपमा प्रतिक्रिया लिइरहेका छन् । 

फिल्मका मुख्य अभिनेता दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, विजय बराल, गौमाया गुरुङ, निर्देशक रामबाबु गुरुङ र निर्माता मनिराम पोखरेल उपत्यकाका विभिन्न हलमा पुगिरहेका छन् । हलमै पुग्ने क्रममा फिल्मकी अभिनेत्रीले आफूमाथि दुर्व्यवहार भएको भन्दै प्रहरी वृत जनसेवामा अभद्र व्यवहारको कसूरमा जाहेरी दिएकी छन् ।

काठमाडौंको सिभिल मलमा आइतबार साँझ एक युवकले पछाडिबाट अस्वाभाविक रुपमा छोएपछि ती अभिनेत्रीले झापड समेत हानेकी थिइन् । उनको जाहेरीको आधारमा प्रहरीले मुगु घर भएका लामा थरका व्यक्तिलाई पक्राउ गरेर हिरासतमा राखेको छ । ती व्यक्ति अस्वाभाविक नै रहेको टिमकै एक सदस्यले बताए । 

‘भिडभाडमा भूलबस हुने कुरा बेग्लै हुन्छ । हामी आफैँ पनि दर्शक दिर्घामा हुँदा सामान्य रुपमा हुने भुलबसलाई बुझ्ने गरेका छौँ । यद्यपि हिजोको घटना त्यस्तो थिएन । ती युवा देखिँदा नै अस्वभाविक थिए । अभिनेत्रीलाई असहज भएपछि नै थप्पड हानेकी हुन्’ फिल्मसँगै जोडिएका एक सदस्यले भने । उनले ती अभिनेत्रीले गरेको कार्यलाई ठिक समेत भने । ‘ती युवासँगै आएका अन्य दुई जना भने भागे । ती युवक त्यही  यता-उता घुमिरहेका थिए । उनले गल्ती नै गरेका हुन्’ ती फिल्मका सदस्यले भने ।

प्रकाशित मिति : १६ जेठ २०७९, सोमबार  ५ : ५४ बजे

कांग्रेस बागमती प्रदेशको प्रशिक्षण कार्यक्रम दोलखामा जारी

दोलखा– नेपाली कांग्रेस बागमती प्रदेश प्रशिक्षण कार्यक्रम दोलखामा सुरु भएको

पृथकतावादी नेता निज्जरको हत्या आरोपमा तीन भारतीय पक्राउ

काठमाडौं– क्यानडा प्रहरीले एक सिख पृथकतावादी नेताको हत्यामा संलग्न तीन

सुर्ती सेवन नियन्त्रण अभियान सञ्चालन

भक्तपुर– भक्तपुरमा स्वास्थ्य अधिकार तथा सुर्ती सेवान नियन्त्रण अभियान सञ्चालन

निःशुल्क लोकसेवा तयारीका लागि काठमाडौं महानगरको आवेदन आह्वान

काठमाडौं– काठमाडौं महानगरपालिकाले लोकसेवा तयारी कक्षा सञ्चालनका लागि आवेदन आह्वान

गुलियो क्याण्डी बेच्ने भाइको तीतो कथा

मनिस अर्याल/नेपाल फोटो लाइब्रेरी काठमाडौं – वैशाखको चर्को घाम, सायद