‘युवकले अस्वाभाविक रुपमा छोएपछि अभिनेत्रीले झापड हानेकी हुन’  « Khabarhub

‘युवकले अस्वाभाविक रुपमा छोएपछि अभिनेत्रीले झापड हानेकी हुन’ 


१६ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– हलमा प्रदर्शनरत फिल्म ‘कबड्डी ४ : द फाइनल म्याच ले कमाइमा किर्तिमान राखिरहेको छ । फिल्मले पहिलो विकेन्डमा झन्डै ७ करोडको हाराहारीमा ग्रस कलेक्सन गरेको छ । यो अहिलेसम्म कुनै नेपाली फिल्मले तीन दिनमा गरेको कमाइमा पहिलो हो । फिल्मलाई दर्शकले रुचाइरहेका छन् । फिल्मप्रति दर्शकको आकर्षण बढेसँगै ‘कबड्डी ४’ टिम हलमा पुगेर प्रत्यक्ष रुपमा प्रतिक्रिया लिइरहेका छन् । 

फिल्मका मुख्य अभिनेता दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, विजय बराल, गौमाया गुरुङ, निर्देशक रामबाबु गुरुङ र निर्माता मनिराम पोखरेल उपत्यकाका विभिन्न हलमा पुगिरहेका छन् । हलमै पुग्ने क्रममा फिल्मकी अभिनेत्रीले आफूमाथि दुर्व्यवहार भएको भन्दै प्रहरी वृत जनसेवामा अभद्र व्यवहारको कसूरमा जाहेरी दिएकी छन् ।

काठमाडौंको सिभिल मलमा आइतबार साँझ एक युवकले पछाडिबाट अस्वाभाविक रुपमा छोएपछि ती अभिनेत्रीले झापड समेत हानेकी थिइन् । उनको जाहेरीको आधारमा प्रहरीले मुगु घर भएका लामा थरका व्यक्तिलाई पक्राउ गरेर हिरासतमा राखेको छ । ती व्यक्ति अस्वाभाविक नै रहेको टिमकै एक सदस्यले बताए । 

‘भिडभाडमा भूलबस हुने कुरा बेग्लै हुन्छ । हामी आफैँ पनि दर्शक दिर्घामा हुँदा सामान्य रुपमा हुने भुलबसलाई बुझ्ने गरेका छौँ । यद्यपि हिजोको घटना त्यस्तो थिएन । ती युवा देखिँदा नै अस्वभाविक थिए । अभिनेत्रीलाई असहज भएपछि नै थप्पड हानेकी हुन्’ फिल्मसँगै जोडिएका एक सदस्यले भने । उनले ती अभिनेत्रीले गरेको कार्यलाई ठिक समेत भने । ‘ती युवासँगै आएका अन्य दुई जना भने भागे । ती युवक त्यही  यता-उता घुमिरहेका थिए । उनले गल्ती नै गरेका हुन्’ ती फिल्मका सदस्यले भने ।

प्रकाशित मिति : १६ जेठ २०७९, सोमबार  ५ : ५४ बजे

मुलुकको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्र मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको आर्थिक समृद्धिमा गैर आवासीय

शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल पक्राउ

काठमाडौं – शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाललाई नेपाल प्रहरीको केन्द्रीय

पुनः आवागमन रोकेर धुलिखेल–खावा सडकखण्डको स्तरोन्नति

काभ्रेपलाञ्चोक – अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित धुलिखेल–खावा सडकखण्डमा पुनः सवारीसाधन आवागमनमा

झापामा घरको छतबाट लडेर एक जनाको मृत्यु, एक घाइते

झापा – भद्रपुर नगरपालिका–६ सङ्गम चोकमा दुईतले पक्की घर भत्काउने

ट्रम्पले भने – हर्मुज जलडमरु खोल्न अमेरिका सक्षम हुँदैछ

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार हर्मुज जलडमरु सम्बन्धी