निकुञ्जमा घाँस काट्न गएकी महिलाको बाघको आक्रमणबाट मृत्यु « Khabarhub

निकुञ्जमा घाँस काट्न गएकी महिलाको बाघको आक्रमणबाट मृत्यु


१६ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- चितवनमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।

चितवन राष्ट्रिय निकुञ्जभित्र घाँस काट्न गएकी पूर्वी चितवनको राप्ती नगरपालिका-१ की ५५ वर्षीय सोतीमाया तामाङलाई साेमबार अपरान्ह करिब ४ बजेको समयमा बाघले आक्रमण गरेको हो । बाघको आक्रमणबाट तामाङको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए ।

बाघले आक्रमण गरेको घटनाको जानकारी आएपछि अस्थायी प्रहरी पोष्ट लोथर र ईलाका प्रहरी कार्यालय भण्डाराबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो । टोलीले लास जाँच तथा मुचुल्का तयार गर्ने लगायतको अनुसन्धानको काम गरिरहेको अधिकारीले बताए ।

प्रकाशित मिति : १६ जेठ २०७९, सोमबार  ६ : १८ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन