सरकारले ल्याएको बजेट विशुद्ध चुनावमुखी र मत माग्ने हिसाबले ल्याएको एमालेको आरोप « Khabarhub

सरकारले ल्याएको बजेट विशुद्ध चुनावमुखी र मत माग्ने हिसाबले ल्याएको एमालेको आरोप


१६ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रमुख प्रतिपक्षी नेकपा एमालेले सरकारले ल्याएको बजेट विशुद्ध चुनावमुखी र मत माग्ने हिसाबले ल्याएको निष्कर्ष निकालेको छ । संसद भवन नयाँ बानेश्वरमा सोमबार बसेको एमाले संसदीय दलको बैठकले ५ महिना अवधि रहेको सरकारले यथार्थको धरातलमा नटेकी चुनावमुखी र मत माग्ने हिसाबले बजेट ल्याएको निष्कर्ष निकालेको हो । सरकारले २५ वर्षको पुरा नहुने योजना ल्याएको र यसले बजेटको जवाफदेहितामा पनि प्रश्न उठ्ने गरि सरकारले बजेट ल्याएको बैठकपछि एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।

बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले तर्कसङ्गत हिसाबले अध्ययनशील भएर प्रस्तुत हुन निर्देशन दिएका थिए । त्यस्तै ओलीले गलत र अनुचित कुरालाई जनतामाझ भण्डाफोर गर्न लिएर जाने गरि प्रस्तुत हुन निर्देशन दिएको भट्टराईले बताए । बैठकमा पार्टीका पूर्व अर्थमन्त्रीहरू, विज्ञ, योजना आयोगका उपाध्यक्ष लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १६ जेठ २०७९, सोमबार  ७ : ५९ बजे

फ्लड लाइटको उज्यालोमा रातभर चल्दैछ त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास

रसुवा – प्रतिकूल मौसम र रातको अँध्यारोका बीच बाढीका कारण

नेपालको विनाशकारी बाढीपछि भारतको राहत तथा उद्धार सहयोग तीव्र

काठमाडौं– भोटेकोशी क्षेत्रमा गत भदौ १० गते आएको विनाशकारी बाढीपछि

रसुवा बाढीमा बेपत्ता प्रहरी सहायक हवल्दार विष्टको शव पहिचान

कास्की – रसुवा बाढीमा परी बेपत्ता भएका नेपाल प्रहरीका प्रहरी

भोटेकोशी बाढी : काठमाडौं महानगरपालिकाले चार करोड ५४ लाख बढी सहयोग गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले रसुवा भोटेकोशी बाढीजन्य विपद् व्यवस्थापन गर्न