जिल्ला समन्वय समिति र कार्यपालिका सदस्यको निर्वाचनमा पनि गठबन्धन कायम रहने  « Khabarhub

जिल्ला समन्वय समिति र कार्यपालिका सदस्यको निर्वाचनमा पनि गठबन्धन कायम रहने 


१६ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पाँच दलीय सत्ता गठबन्धनले जिल्ला समन्वय समिति र कार्यपालिका सदस्यको निर्वाचनमा गठबन्धन कायम राख्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सम्बद्ध पार्टीहरूबीच सहमति कायम गरी कार्यपालिका र जिससको निर्वाचनमा अगाडि बढ्न निर्देशन दिने निर्णय गरेको हो । अब सम्पन्न हुन गइरहेको ७७ वटा जिल्ला समन्वय समिति र बाकी रहेका पालिकाहरूको कार्यपालिका सदस्यको निर्वाचनमा गठबन्धनको बीचमा सहमति गर्दै अगाडि बढ्न र आफ्ना दलका प्रदेश र जिल्ला समितिहरूलाई निर्देशन दिने निर्णय भएको कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिए ।

त्यस्तै कांग्रेस नेता एवं सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले बैठकमा स्थानीय तहको निवार्चनको समीक्षा भएको र सबै नेताहरूले परिणामलाई सन्तोषजनक रुपमा लिएको बताएको जानकारी दिए। आगामी दिनमा राजनीतिक स्थिरता र विकास तथा समृद्धिमा गठबन्धनको आवश्यकता रहेको र त्यसअनुसार अघि बढेर जाने सहमति भएको उनले बताए ।

उनले संघ र प्रदेशको निर्वाचन निर्धारित समयमा नै हुने र गठबन्धन कायमै रहने दाबी गरे  

प्रकाशित मिति : १६ जेठ २०७९, सोमबार  ८ : १९ बजे

खेतखेतमा विद्युत् पुग्नुपर्छ : मन्त्री घिसिङ

नवलपरासी– ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार, यातायात एवं

सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न भएका तयारीबारे प्रधानमन्त्रीको चासो

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर

बाल सुधारगृहको निरीक्षणपछि गृहमन्त्रीले भने- समस्या समाधानमा आवश्यक पहल गर्छु

भक्तपुर– गृहमन्त्री ओमप्रकाश अर्यालले भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहको आइतबार

आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता

सिरहा– सिरहामा आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय यु–१४ छात्र तथा छात्रा फुटबल