जिल्ला समन्वय समिति र कार्यपालिका सदस्यको निर्वाचनमा पनि गठबन्धन कायम रहने  « Khabarhub

जिल्ला समन्वय समिति र कार्यपालिका सदस्यको निर्वाचनमा पनि गठबन्धन कायम रहने 


१६ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पाँच दलीय सत्ता गठबन्धनले जिल्ला समन्वय समिति र कार्यपालिका सदस्यको निर्वाचनमा गठबन्धन कायम राख्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सम्बद्ध पार्टीहरूबीच सहमति कायम गरी कार्यपालिका र जिससको निर्वाचनमा अगाडि बढ्न निर्देशन दिने निर्णय गरेको हो । अब सम्पन्न हुन गइरहेको ७७ वटा जिल्ला समन्वय समिति र बाकी रहेका पालिकाहरूको कार्यपालिका सदस्यको निर्वाचनमा गठबन्धनको बीचमा सहमति गर्दै अगाडि बढ्न र आफ्ना दलका प्रदेश र जिल्ला समितिहरूलाई निर्देशन दिने निर्णय भएको कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिए ।

त्यस्तै कांग्रेस नेता एवं सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले बैठकमा स्थानीय तहको निवार्चनको समीक्षा भएको र सबै नेताहरूले परिणामलाई सन्तोषजनक रुपमा लिएको बताएको जानकारी दिए। आगामी दिनमा राजनीतिक स्थिरता र विकास तथा समृद्धिमा गठबन्धनको आवश्यकता रहेको र त्यसअनुसार अघि बढेर जाने सहमति भएको उनले बताए ।

उनले संघ र प्रदेशको निर्वाचन निर्धारित समयमा नै हुने र गठबन्धन कायमै रहने दाबी गरे  

प्रकाशित मिति : १६ जेठ २०७९, सोमबार  ८ : १९ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।