बागमती प्रदेशको नीति तथा कार्यक्रम सदनमा पेस « Khabarhub

बागमती प्रदेशको नीति तथा कार्यक्रम सदनमा पेस


१६ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा– बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम प्रदेशसभामा पेस गरेको छ । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले सदनमा नीति तथा कार्यक्रम पेस गरेका हुन् ।

बागमती प्रदेशलाई शिक्षाको हबको रूपमा विकास गर्दै लैजाने नीति तथा कार्यक्रममा उल्लेख छ । विद्यालयको भौतिक सुधार गरी आधुनिक पाठ्य सामग्री तयार पारी प्रत्येक जिल्लाको कम्तीमा एक विद्यालयमा नमुना बाल विकास केन्द्र सञ्चालन गरिने प्रदेश प्रमुख शर्माले बताए । प्रदेश सरकारले ‘एक विद्यालय, एक नर्स’ कार्यक्रमलाई निरन्तरता दिने बताएको छ ।

‘जनता स्वास्थ्य कार्यक्रम’अन्तर्गत विपन्न नागरिकलाई क्यान्सर, हृदयघात, मस्तिष्कघात र अप्स्टेट्रिक फिष्टुलालगायतका रोगको उपचारमा दिइँदै आएको सहुलियत व्यवस्थालाई थप प्रभावकारी बनाइने बताइएको छ ।

त्यसैगरी प्रदेश सरकारले प्रदेश सञ्चार प्राधिकरण स्थापना गर्ने भएको छ । यस्तै प्रदेश सरकारले ‘एक वडा, एक पशु सेवा कार्यालय’को स्थापन गर्ने भएको छ । पशु बिमालाई प्रभावकारी बनाउने र संघ तथा स्थानीय तहको समन्वयमा ‘एक वडा, एक पशु सेवा कार्यालय’ को स्थापना गरिने शर्माले बताए ।

प्रकाशित मिति : १६ जेठ २०७९, सोमबार  ८ : ५७ बजे

खेतखेतमा विद्युत् पुग्नुपर्छ : मन्त्री घिसिङ

नवलपरासी– ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार, यातायात एवं

सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न भएका तयारीबारे प्रधानमन्त्रीको चासो

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर

बाल सुधारगृहको निरीक्षणपछि गृहमन्त्रीले भने- समस्या समाधानमा आवश्यक पहल गर्छु

भक्तपुर– गृहमन्त्री ओमप्रकाश अर्यालले भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहको आइतबार

आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता

सिरहा– सिरहामा आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय यु–१४ छात्र तथा छात्रा फुटबल