काठमाडौं महानगरपालिकाले इन्फ्रास्ट्रक्चर एम्बुलेन्स चलाउने « Khabarhub

काठमाडौं महानगरपालिकाले इन्फ्रास्ट्रक्चर एम्बुलेन्स चलाउने


१६ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौं महानगरपालिकाले इन्फ्रास्ट्रक्चर एम्बुलेन्स सञ्चालनमा ल्याउने भएको छ ।

वैशाख ३० गतेको निर्वाचनबाट चुनिएका महानगरका जनप्रतिनिधिको सोमबार बसेको पहिलो नगर कार्यपालिकाको बैठकले मेयर बालेन्द्र साहको प्रस्तावमा यस्तो निर्णय गरेको हो । सडकका खाल्डाखुल्डी पुर्न, ढल निकास नियमित गर्न भौतिक पूर्वाधार एम्बुलेन्स ७ दिनभित्र सञ्चालनमा ल्याउने निर्णय बैठकले गरेको हो ।

कुनै पनि स्थानमा खाल्डा खुल्डी भयो भने यो एम्बुलेन्सको प्रयोग गर्दै त्यसलाई पुरिने बैठकमा मेयर साहले भने । आज साना देखिएका खाल्डा भोलि ठूलो हुने र टेन्डरको प्रकृया थाल्नु पर्ने अवस्थाको अन्त्य गर्नका लागि यस्तो एम्बुलेन्स प्रभावकारी हुने उनको दाबी छ ।

त्यस्तै महानगरबासीको गुनासो सुन्नका लागि कल सेन्टर स्थापना गर्ने निर्णय गरेको गरेको छ । कल सेन्टर सात दिनभित्र स्थापना गरिने निर्णय कार्यपालिका बैठकले गरेको हो । त्यस्तै बैठकले रेष्टुरेन्ट, होटल, पेट्रोल पम्पको शौचालय सार्वजनिक शौचालयको रुपमा प्रयोग गर्ने निर्णय गरेको छ ।

रेष्टुरेन्ट र चेन होटल व्यवसायीसँगको कुराकानीका क्रममा उनीहरुको शौचालयलाई सार्वजनिक शौचालयको रुपमा प्रयोग गर्न सकिनेबारे छलफल भएको भन्दै मेयर बालेन साहले बैठकमा प्रस्ताव गरेका थिए । सार्वजनिक शौचालयहरु पनि बनाउँदै जाने उनले बताए । त्यसरी प्रयोग गर्न मिल्ने शौचालयमा महानगरले बोर्डहरुसमेत राख्ने जनाइएको छ ।

प्रकाशित मिति : १६ जेठ २०७९, सोमबार  ९ : २९ बजे

‘सवारी दुर्घटना गराउने चालक २५ देखि ४० वर्ष उमेर समूहका बढी’

चितवन– सबैभन्दा बढी सवारी दुर्घटना गराउने चालकको उमेर २५ देखि

सवारी दुर्घटना गराउने चालक २५ देखि ४० वर्ष उमेर समूहका बढी

चितवन- सबैभन्दा बढी सवारी दुर्घटना गराउने चालकको उमेर २५ देखि

झगडा गरेको आरोपमा १८ वर्षीय किशोर पक्राउ

वीरगञ्ज (पर्सा)- प्रहरीले झैझगडामा संलग्न भएको आरोपमा एक जनालाई पक्राउ

इरान जाने क्रममा १४ अफगान आप्रवासी मरुभूमिमा मृत भेटिए

हेरात– इरान पुग्ने प्रयासमा रहेका १४ अफगान आप्रवासी दक्षिण–पश्चिमी अफगानिस्तानको

अलविदा निम्सदाइ !

काठमाडौं- पर्वतारोहण क्षेत्रमा सुपरिचित ४३ वर्षीय आरोही निर्मल पुर्जा (निम्सदाइ)