हलेसी तुवाचुङ पूर्ण खोप सुनिश्चित नगर घोषणा  | Khabarhub Khabarhub

हलेसी तुवाचुङ पूर्ण खोप सुनिश्चित नगर घोषणा 


१६ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ – दुई वर्षमुनिका सबै बालबालिकाले सबै किसिमका खोपपछि खोटाङको हलेसी तुवाचुङ नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता नगर घोषणा गरिएको छ । आर्थिक वर्ष २०७८/०७९ मा नगरपालिकामा रहेका १६ महिनादेखि २३ महिना उमेर समूहका सबै बालबच्चाले सबै खालका खोपको मात्रा पाएको निश्चित भएपछि नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता नगर घोषणा गरिएको हो ।

पूर्ण खोप सुनिश्चित गर्ने कार्यविधि र निर्देशिका बमोजिमका सम्पूर्ण प्रक्रिया भएको आधारमा ११ वडा रहेको नगरपालिकालाई बुधबार जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले पूर्ण खोप सुनिश्चितता नगर घोषणा गरेका हुन् । स्वास्थ्य मन्त्रालयले आर्थिक वर्ष २०७७/०७८ मा नगरपालिकालाई ५११ जना बालबालिकालाई सबै खोपको मात्रा दिनुपर्ने लक्ष्य दिएकामा ९६ प्रतिशत अर्थात् ४९१ बालबालिकाले सबै किसिमका खोप पाएको निश्चित गरिएको नगरपालिकाका स्वास्थ्य सहसंयोजक प्रकाश घिमिरेले बताए ।

जन्मेदेखि दुई वर्षभित्र हरेक बालबालिकाले बिसिजी, दादुरा–रुबेला, पोलियो, जापानिज इन्सेफइटिस लगायतका १२ रोगविरुद्धको खोपको मात्रा पूर्णरुपमा पाएको आधारमा हलेसी तुवाचुङ जिल्लाकै पूर्ण खोप सुनिश्चितता पालिका बनेको हो । सामान्यतः १५ महिनामा दादुराको दोस्रो खोप लगाइसकेपछि बच्चाले पूर्ण खोप पाएको मानिन्छ ।

१६ महिनादेखि २३ महिनाका सबै बालबच्चाले सबै किसिमका खोप पाइसकेपछि नगरका हरेक वडा खोप समन्वय समितिले पूर्ण खोप सुनिश्चितता वडा बनेको उल्लेख गर्दै नगर स्वास्थ्य शाखा समक्ष सिफारिस गरेको थियो । सोही सिफारिसको आधारमा नगर खोप समन्वय समितिको ८ असारको बैठकले नगरपालिका पूर्ण खोप सुनिश्चितता घोषणाका लागि उपयुक्त भएको सिफारिस जिल्ला खोप समन्वय समिति समक्ष गरेको थियो ।

नगर खोप समन्वय समितिको सिफारिसका आधारमा गरिएको र्‍याण्डम अनुगमनपछि जिल्ला खोप समन्वय समितिले १२ असारमा पूर्ण खोप सुनिश्चितता घोषणाका लागि पत्र दिएको आधारमा नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको सह–संयोजक घिमिरेले बताए । नगरपालिका घर भएका तर हाल बाहिर बसिरहेका बालबच्चाले समेत सबै किसिमका खोप पाएको सुनिश्चित गरिएको मेयर बिमला राईले बताइन् ।

प्रकाशित मिति : १६ असार २०७९, बिहीबार  ६ : २३ बजे

इरानद्वारा यहुदी विरोधी आक्रमणमा अस्ट्रेलियाको आरोप अस्वीकार

तेहरान– इरानको विदेश मन्त्रालयले अस्ट्रेलियामा भएका दुई यहूदी विरोधी आक्रमणको

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति कुवेतबाट पक्राउ

काठमाडौं– मानव बेचबिखन तथा ओसार पसार मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी

यु–१७ महिला च्याम्पियनसिप : नेपाल बङ्गलादेशसँग पराजित

काठमाडौं– नेपाल दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–१७ महिला च्याम्पियनसिपमा

बैतडीमा जिप दुर्घटना हुँदा १२ जना घाइते

दशथचन्द– बैतडीमा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन्

वनमन्त्री शाही र सचिव मिश्रबीच कार्यसम्पादन सम्झौता

काठमाडौं– वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी र मन्त्रालयका सचिव