साउदीमा अलपत्र १७ नेपालीको उद्धार, ५ जना एक्जिट भिसाको पर्खाइमा  « Khabarhub

साउदीमा अलपत्र १७ नेपालीको उद्धार, ५ जना एक्जिट भिसाको पर्खाइमा 



दोहा – आकर्षक रोजगारीको प्रलोभनमा परी दलालमार्फत साउदी अरब पुगेका १७ जना नेपाली युवाको उद्धार गरिएको छ । प्रतिज्ञा ओभरसीज प्रालीमार्फत साउदी पुगेका उनीहरुलाई सामाजिक अभियन्ता सरोज रायको पहलमा उद्धार गरिएको हो ।

प्रतिज्ञा ओभरसीजले उनीहरुलाई साउदीको जेद्धामा रहेको सपोर्ट सर्विस कम्पनीमा आकर्षक तलब हुने भन्दै पठाएको र त्यहाँ पुगेपछि म्यानपावरले सम्झौता गरेअनुसारको काम र तलब नपाएपछि उनीहरु अलपत्र परेका थिए ।

अभियन्ता रायका अनुसार सो कम्पनीमा कार्यरत १७ जना नेपाली कामदारहरूको करार सम्झौता अनुसार काम, तलब र सेवा सुविधा उपलब्ध नगराएको र अलपत्र पारि भोकभोकै राखेकोले पीडितहरूसहितको उपस्थितिमा म्यानपावर कम्पनीविरुद्ध बुधबार वैदेशिक रोजगार विभागमा मुद्दा दर्ता गरिएको बताए ।

वैदेशिक रोजगार विभागले पनि म्यानपावर कम्पनीलाई तिन दिनभित्र उपस्थित हुन पत्र काटेको उनले बताए ।

५ जना युवा साउदीमै
बारा जिल्लाका ५ जना युवा पनि साउदीको रियादमा अलपत्र परेको उनले बताए ।

पिजन एचआर सोलुशन म्यानपावर कम्पनीमार्फत साउदीको रियाद क्षेत्रमा पर्ने एक सप्लाई कम्पनीमा पुगेर उनीहरु पनि अलपत्र परेका हुन् । उनीहरुले पनि म्यानपावर कम्पनी करार सम्झौता अनुसार तलब र अन्य सेवासुविधा उपलब्ध नगराएपछि उद्धारको पहल गरिदिन आफूलाई अनुरोध गरेको उनले बताए ।

कम्पनीले अकामा नबनाई दिएको र मसजिदमा खाना खान बाध्य बनाइ दिएको भन्दै उजुरी परेपछि बुधबार नै वैदेशिक रोजगार विभागले म्यानपावर कम्पनीलाई विभागमा झिकाई सबैलाई नेपाल फिर्ता बोलाउने सहमति गराएको उनले बताए ।

एक्जिट भिसा नलागेसम्म खाने बस्ने व्यवस्था म्यानपावर कम्पनीले नै गर्ने सहमति गराएको उनले बताए । एक्जिट लागेपछि उनीहरु ५ जना युवलाई पनि म्यानपावरले स्वदेश फिर्ता गर्नेछ ।

पछिल्ला दिनहरूमा साउदी अरबमा रोजगारीमा आएका उल्लेख्य संख्याका नेपालीहरुले आफूले म्यानपावर र एजेण्टले भने अनुसारको काम र तलब नपाएको, थुप्रै पैसा तिरेर आएको तर आउनासाथ आफूले दुख पाएको भन्ने गुनासाहरू आइरहेको भन्दै यसअघि नै रियादस्थित नेपाली दूतावासले बुझेर मात्र आउन भनेको थियो ।

नेपाल सरकारले वैदेशिक रोजगारीमा कामदार पठाउन एजेण्टको भूमिकालाई गैर कानुनी मानेको छ । तसर्थ, ‘एजेण्ट’ को पछि नलाग्न र आफूले नै मिहिनेत गरेर राम्रो म्यानपावर कम्पनी खोजेर मात्र आउन दूतावासले पहिलेनै सचेत गराइसकेको छ ।

पहिला साउदीमा काम गरी स्वदेश फर्केका वा कम्पनीमा काम गरिरहेका साथीभाइसँग कुरा बुझेर मात्र आउन अथवा कम्पनीको नाम काम ठाम कस्तो छ स्पष्ट बुझेर मात्र आउन दूतावासले पटक-पटक अनुरोध गर्दै आइरहेको छ ।

पछिल्लो समय साउदीमा म्यानपावरले भने अनुसारको काम र तलब नपाउँदा ठूलो संख्यामा नेपालीहरु अलपत्र परेका छन् भने धेरै उद्धारको लागि पहल गरिदिन विभिन्न सञ्चार माध्यमलाई अनुरोध गरिरहेका छन् ।

प्रकाशित मिति : १६ असार २०७९, बिहीबार  ६ : ४२ बजे

सौन्दर्यकरणका लागि गलेश्वरको सडकमा ‘स्लेट’

म्याग्दी– बेनी नगरपालिका–९ स्थित म्याग्दीको प्रमुख धार्मिक पर्यटकीयस्थल गलेश्वरको बजारभित्रको

निर्वाचन लक्षित स्वास्थ्य सतर्कता : सिभिलले बनायो १३ सदस्यीय समिति 

काठमाडौं– प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै निजामती कर्मचारी अस्पताल ‘हाई अलर्ट’

खामेनीको निधनपछि मोज्तबा बने इरानका नयाँ सर्वोच्च नेता

काठमाडौं– संयुक्त अमेरिकी–इजरायली हवाई आक्रमणमा इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको

तनहुँका युवामा ब्याडमिन्टन खेलको आकर्षण बढ्दो

दमौली– तनहुँका युवामा ब्याडमिन्टन खेलप्रति आकर्षण बढेको छ । तनहुँको

सत्कारले लोभिन्छन् घरबासका पाहुना

गलकोट– साँझमा घरधन्दा सकेका घरबास सञ्चालकहरू सयपत्री फूलको माला हातमा