कांग्रेसले गरायो मुख्यमन्त्री पोखरेलको ध्यानाकर्षण « Khabarhub

कांग्रेसले गरायो मुख्यमन्त्री पोखरेलको ध्यानाकर्षण


१६ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की – नेपाली कांग्रेस प्रदेशसभा क्षेत्रीय कार्यसमिति कास्की २(क)ले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको ध्यानाकर्षण गराएको छ ।

प्रदेशसभा क्षेत्रीय कार्यसमिति कास्की २(क) का सभापति दिनेश आचार्य नेतृत्वको टोलीले हाल भइरहेको मूल्यवृद्धि, प्रदेश सरकारका तर्फबाट यातायात-विद्युतीय सवारीलगायत विभिन्न शीर्षकमा लगाइएको कर सम्बन्धमा मुख्यमन्त्री पोखरेलको ध्यानाकर्षण गराएको हो ।

त्यस्तै पूर्व विशिष्टका नाममा दिन लागिएको सेवा सुविधा, कोभिड–१९ बाट ज्यान गुमाउनेका परिवारले पाउने राहत, प्रदेश सरकारले निर्माण गरेको बजेट र हाल यसको छलफलमा भइरहेको ढिलाइ, सांसदले खर्च गर्ने गरी बनाइएको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम तथा यसमा देखिएको विवादसँगै प्रदेशका विभिन्न ठाउँमा लगातार भइरहेको वर्षाका कारण भएको क्षति न्यूनीकरणका लागि प्रदेश सरकारको भुमिकासहितका विषयमा बुधबार भेटेरै ध्यानाकर्षण गराइएको सभापति आचार्यले जानकारी दिए । प्रदेश सरकारले गरेको काम, यसबाट जनमानसमा परेको प्रभावलगायत विषयमा पनि कुराकानी भएको उनले बताए ।

भेटमा मुख्यमन्त्री पोखरेलले गण्डकीमा भइरहेको बजेटसम्बन्धी विवाद टुङ्गिएकाले यससम्बन्धी सम्पूर्ण विषय यसै हप्ताभित्र छलफलमा गई टुङ्गो लाग्ने जानकारी दिए। पूर्व विशिष्टका नाममा दिन लागिएको सेवा सुविधाप्रति विज्ञको समूह निर्माण गरेको र यससम्बन्धी सबै विषय समितिले समाधान गर्ने र सेवा सुविधाको हकमा आफू धेरै अशक्ति नराख्ने उनले बताए ।

बाढी पहिरोबाट भएको क्षति न्यूनीकरणको सवालमा प्रदेश सरकारले जिल्ला दैवीप्रकोप व्यवस्थापन समितिमार्फत प्रदेश सरकारसँग भएको सम्पूर्ण स्रोत साधन अधिकतम प्रयोगमा लगाउने उनले बताए ।

कोभिड–१९ बाट ज्यान गुमाउनेका परिवारले पाउने राहत सबैले पाएको र छुटेको भएमा यथाशीघ्र सम्पर्कका आउनसमेत मुख्यमन्त्री पोखरेलले आग्रह गरे । गण्डकी प्रदेश सरकारले प्रदेशभित्रका महिलाको पाठेघरको मुखको क्यान्सरको निःशुल्क उपचार, निःशुल्क परीक्षण, मिर्गौला पीडितको निःशुल्क डायलाइसिस सुविधा, स्पाइनल कर्ड इन्ज्युरीका बिरामी र बौद्धिक अपाङ्गता भएकाको लागि प्रदेश सरकारले विभिन्न कार्यक्रम ल्याएको उनले जानकारी दिए ।

प्रकाशित मिति : १६ असार २०७९, बिहीबार  ७ : ०० बजे

पदाधिकारीमा सहमति जुटिसकेको थियो, आकांक्षी बढेपछि निर्वाचनमा गयौँ : मीन विश्वकर्मा

काठमाडाैं – कांग्रेस नेता मीन विश्वकर्मा सुरुमा महामन्त्रीका दाबेदार थिए

बाढी प्रभावित क्षेत्रमा सात पुल निर्माण गर्ने बागमती सरकारको निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले बाढीबाट प्रभावित रसुवा र नुवाकोटका

गण्डकी प्रदेशमा प्राकृतिक विपद् : यातायात सेवा प्रभावित

गण्डकी – बाढीपहिराका कारण मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर अवरुद्ध

नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं – नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तरराष्ट्रिय सैनिक अभ्यास ‘एक्सरसाइज

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई मजदुरको मृत्यु

कास्की – पोखरा महानगरपालिका–१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको