मध्यअसारसम्म लुम्बिनीमा ३३ प्रतिशत मात्र रोपाइँ | Khabarhub Khabarhub

मध्यअसारसम्म लुम्बिनीमा ३३ प्रतिशत मात्र रोपाइँ


१६ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल – असार १५ सकिँदासम्म लुम्बिनीमा जम्मा ३२.७१ प्रतिशत क्षेत्रमा मात्र धान रोपाइँ भएको छ । यो गत वर्षको भन्दा १३ प्रतिशत कम हो । गत वर्ष असार १५ सम्म ४६ प्रतिशत खेतमा रोपाइँ भएको थियो ।

लुम्बिनीमा धान रोपाइँ हुने तीन लाख २० हजार २७५ हेक्टर क्षेत्रफलमध्ये हालसम्म एक लाख चार हजार ७५१ हेक्टरमा रोपाइँ सकिएको कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका बालिका विकास अधिकृत तथा सूचना अधिकारी शालिकराम गौतमका अनुसार अहिलेसम्म सबैभन्दा धेरै नवलपरासीमा ८० प्रतिशत र सबैभन्दा कम बाँकेमा १३ प्रतिशत धान रोपाइँ भएको छ ।

नवलपरासीमा धान रोपाई हुने २१ हजार १७५ हेक्टर क्षेत्रफलमध्ये १६ हजार ९४० हेक्टरमा धान रोपाई सकिएको छ भने बाँकेमा रोपाई हुने ३६ हजार ५०० हेक्टर मध्ये चार हजार ७४५ हेक्टर क्षेत्रफलमा रोपाई सकिएको छ । लुम्बिनी प्रदेशमा सबैभन्दा बढी धान खेती हुने कपिलवस्तुमा १७ प्रतिशत धान रोपाई हुँदा प्रदेशको दोस्रो धेरै धान खेती हुने जिल्ला रुपन्देहीमा ४१ प्रतिशत रोपाइँ सकिएको छ । कपिलवस्तुमा धान खेती हुने कुल ७१ हजार २०० हेक्टर मध्ये अहिलेसम्म १२ हजार १०४ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको मन्त्रालयका बाली विकास अधिकृत गौतमले बताए ।

लुम्बिनी मा सबै भन्दा कम धान रोपाइँ हुने रुकुम पूर्वमा ६५ प्रतिशत रोपाई सम्पन्न हुँदा रोल्पामा ६० प्रतिशत रोपाई सकिएको छ । रुकुम पूर्वमा धान रोपाई हुने एक हजार ४१९ हेक्टर मध्ये ९२३ हेक्टर क्षेत्रफलमा रोपाई सकिँदा रोल्पामा चार हजार ३४० हेक्टर मध्ये दुई हजार ६१३ हेक्टर क्षेत्रफलमा रोपाई सकिएको छ ।

धान उत्पादन हुने मुख्य जिल्ला दाङमा ३२ प्रतिशत र बर्दियामा ३५ प्रतिशत रोपाइँ सकिएको छ । दाङ जिल्लामा कुल धान रोपाई हुने ३९ हजार ४०० हेक्टर क्षेत्रफल मध्ये १२ हजार ४११ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भइसकेको छ भने बर्दियामा ५० हजार २५० हेक्टर क्षेत्रफलमध्ये १७ हजार ४७७ हेक्टरमा रोपाइँ सकिएको छ ।

अर्घाखाँचीमा अहिलेसम्म २४ प्रतिशत धान रोपाइँ भएको छ । जिल्लामा धान खेती हुने कुल आठ हजार ५० हेक्टर मध्ये एक हजार ९३२ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भइसकेको मन्त्रालयका बाली विकास अधिकृत गौतमले जानकारी दिए ।

गुल्मीमा २७ प्रतिशत रोपाइँ हुँदा पाल्पामा भने ३५ प्रतिशत रोपाइँ सकिएको छ । गुल्मीमा कुल धान खेती हुने आठ हजार ८३६ हेक्टरमध्ये दुई हजार ३८६ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको छ भने पाल्पामा सात हजार ७०६ हेक्टर मध्ये दुई हजार ६९७ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिसकेको छ । प्युठान ६० प्रतिशत रोपाइँ सकिएको छ । जिल्लाको कुल धान रोपाइँ हुने ६ हजार ५८० हेक्टर मध्ये तीन हजार ९४८ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको छ ।

प्रकाशित मिति : १६ असार २०७९, बिहीबार  ७ : २१ बजे

पूर्वमन्त्री एवम् पूर्वनगरप्रमुख बुद्धिराज बज्राचार्यको निधन

ललितपुर – पूर्वमन्त्री एवम् तत्कालीन ललितपुर नगरपालिकाका प्रमुख बुद्धिराज बज्राचार्यको

एनपीएलका लागि कर्णाली याक्स र हिल्टन होटलबीच सहकार्य

काठमाडौं – आगामी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको दोस्रो

चिनियाँ जासुसी युद्धपोत फिलिपिन्सको नियन्त्रणमा

काठमाडौं– फिलिपिन्सले चिनियाँ जासुसी युद्धपोतलाई नियन्त्रणमा लिएको छ । फिलिपिन्सको

सिरहा कारागारमा क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी

सिरहा – सिरहा कारागार सिरहामा क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी

एमाले पोलिटब्यूरो बैठक: विधान संशोधन प्रस्ताव पारित

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को पोलिटब्यूरो बैठकले विधान संशोधन