बागमती प्रदेशको बजेट आज पारित गरिने « Khabarhub

बागमती प्रदेशको बजेट आज पारित गरिने


१६ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर – बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९-८० का लागि ल्याएको विनियोजित बजेटमाथिको छलफल सकिएको छ । यही असार १२ गतेदेखि सुरु भएको उक्त छलफल गए राति सकिएको हो ।

प्रदेशसभाको दशौँ अधिवेशनअन्तर्गत बुधबारको बैठकमा प्रदेशसभा सदस्यहरुले मन्त्रालयको विषयगत शीर्षकमाथि उठाएका प्रश्नको सम्बन्धित मन्त्री तथा मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले जवाफ दिएका थिए। बैठकमा मुख्यमन्त्री पाण्डेसहित, संस्कृति तथा पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठ, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मिलनबाबु श्रेष्ठ, भूमि व्यवस्था तथा गरिबी निवारणमन्त्री बलराम पौडेल, युवा तथा खेलकुदमन्त्री रत्नप्रसाद ढकाल, खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री वसन्त मानन्धर, श्रम रोजगार तथा यातायातमन्त्री घनश्याम दाहाल, वन तथा वातावरणमन्त्री विशाल खड्का, कृषि तथा पशुपन्छी विकासमन्त्री वसुन्धरा हुमागाई, स्वास्थ्यमन्त्री निमा लामा, सामाजिक विकासमन्त्री कुमारी मोक्तान, भौतिक पूर्वाधार विकासमन्त्री कृष्णलाल भण्डेल, आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनाल, आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकट्टेलले बजेटबारे उठाएका प्रश्नको जवाफ दिए ।

प्रश्नको जवाफ दिँदै मन्त्रीहरुले समग्र प्रदेशको विकासका लागि आएका योजनाका लागि बजेट प्रर्याप्त नभए पनि सरकारले सक्दो प्रयास गर्ने गरेर आवश्यक योजनामा बजेट विनियोजन गरेको बताए । उनीहरुले योजना र गर्नुपर्ने काम बढी भएकाले आर्थिक वर्षको बीचमा पनि आवश्यकताको आधारमा योजना तथा बजेट थप गरेर काम गर्नुपर्ने बताए।

विगतका सरकारले ल्याएको जस्तो हचुवाको योजना र काम गर्न नसकिने महत्वकांक्षी योजना वर्तमान सरकारले बजेटमा समावेश नगरेको उनीहरुले उल्लेख गरे। सरकारले लक्ष्यअनुसार, योजना कार्यान्वयन गरेर खर्च गर्ने गरी बजेट विनियोजन गरेको र क्रमागत योजनाका लागि कार्यविधि नै तयार पारेर अघि बढाएको उनीहरुले उल्लेख गरे ।

बागमती प्रदेशसभाको बैठक आज बिहान ११ बजे बस्ने तय भएको छ । बैठकमा बजेट पारित गर्ने तयारी गरिएको बताइएको छ ।

प्रकाशित मिति : १६ असार २०७९, बिहीबार  १० : ०६ बजे

रास्वपा सभापतिले गरे मधेसका नेतासँग छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मधेसका नेताहरूसँग छलफल

जापान भूकम्प अपडेट : २८ जनाको मृत्यु, उद्धार प्रयास जारी

कुमामोटो– जापानका आपतकालीन उद्धारकर्मीहरुले भुकम्पले भत्कीएको सपिङ्ग मलबाट जिवित मानिसलाई

सिरहाको गोलबजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु घोषणा

काठमाडौं– जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

सरकारबारे खुश्वुको आक्रोश : नागरिकमाथि गोली बर्साएर शान्ति सुरक्षा कायम गर्न खोजेको हो ?

काठमाडौं– सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्जमा आइतबार राति भएको हिंसात्मक झडप

गोरक्षेश्वर धामलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गरिँदै

बागमती– गोरक्षेश्वर धामलाई धार्मिक पर्यटकको गन्तव्यस्थलका रुपमा विकास गरिँदै आएको छ