पोखरा बसपार्कमा ग्राभेल सुरु « Khabarhub

पोखरा बसपार्कमा ग्राभेल सुरु


१६ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा-  जग्गा अधिग्रहण भएको झन्डै ४७ वर्षसम्म अलपत्र परेको पोखरा बसपार्क निर्माण प्रक्रिया अघि बढेको छ । तत्कालै नाला निर्माण र ग्राभेलको काम अघि बढेको हो ।

अहिले जग्गा सम्म्याउने काम थालिएको पोखराका मेयर धनराज आचार्यले बताए । आधा भागमा ग्राभेल हालेर सम्म्याउने काम भएको छ भने पश्चिम भागमा नाला निर्माण गरिएको छ ।

‘बसपार्कलाई कम्तीमा यो वर्ष धुलो र हिलोमुक्त बनाउने छौँ । नाला निर्माण र ग्राभेलको काम भइरहेको छ,’ वडा नम्बर ९ का अध्यक्ष दीपेन्द्र मर्सानीले भने, ‘प्रदेश सरकारले र पोखरा महानगरले मिलेर काम सुरु गरिएको हो ।’ नाला निर्माणमा प्रदेश सरकारले सहयोग गरेको छ । मर्सानी र मेयर आचार्यले बसपार्कको निरीक्षण गरेका छन् ।

ग्राभेल सकिएपछि बाँकी रहेका समस्या सुल्झाएर डीपीआर निर्माण गर्ने र सिटी बसपार्कको रूपमा स्थापित गरिने आचार्यले बताए । गत २५ जेठमा एक कार्यक्रमका बिच बसपार्कको नाला निर्माण कार्यको सुरुवात गरिएको थियो ।

बसपार्कको जग्गा पोखरा उपत्यका नगर विकास समितिको स्वामित्वमा छ । १८ फागुन २०३२ मा नेपाल राजपत्रमा सूचना प्रकाशित गरेर बसपार्कका लागि अधिग्रहण गरिएको जग्गामा अहिले सुकुम्वासी भरिएका छन् । तत्कालीन समयमा अधिग्रहण गरिएको दुई सय पाँच रोपनी जग्गामध्ये अहिले ८१ रोपनी मात्रै बाँकी छ ।

प्रकाशित मिति : १६ असार २०७९, बिहीबार  १२ : ४२ बजे

मौसम खुलेपछि अन्नपूर्ण आधार शिविरमा पर्यटक भरिभराउ

कास्की– विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबीसी) पदयात्रामा जाने पर्यटकको सङ्ख्या

गगनले अघि सारे ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश, लोकतन्त्र र कांग्रेसको

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु