हाम्रो पात्रोले सुरु गर्‍यो ‘ई-लर्निङ’ प्ल्याटफर्म « Khabarhub

हाम्रो पात्रोले सुरु गर्‍यो ‘ई-लर्निङ’ प्ल्याटफर्म


१६ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आम मानिसको दैनिक जीवनको महत्त्वपूर्ण हिस्सा बन्न सफल नेपालको लोकप्रिय एप हाम्रो पात्रोले नयाँ फिचरको रूपमा ‘हाम्रो लर्निङ सेन्टर’ ल्याएको छ । एउटै एपमार्फत विभिन्न सेवाहरू दिँदै आएको हाम्रो पात्रोले डिरयवाक सिफल स्कुलसँगको सहकार्यमा यो सुविधा विटा भर्सनको रूपमा ल्याएको हो ।

स्रोत र साधनको अभावमा अधिकांश विद्यार्थीहरू गुणस्तरीय शिक्षाबाट वञ्चित हुनु परेको छ। समयमा पाठ्य पुस्तकहरू उपलब्ध नहुने र उचित मार्गदर्शन गर्ने शिक्षकहरूको अभावको कारणले धेरै विद्यार्थीहरूले शिक्षामा समस्या भोग्नु परिरहेको छ। प्रायः विद्यालयमा दक्ष शिक्षकको कमी आम विद्यार्थीहरूले महसुस गर्ने गरेका छन् । यो दुर्गम र गाउँहरूको मात्र नभएर पूरै नेपालको साझा कथा हो । अब यो विद्यार्थी र गुणस्तरीय शिक्षा बिचको दूरी हाम्रो लर्निङ सेन्टरले कम गर्ने भएको छ ।

प्रविधिले यो समस्यामा पुलको भूमिका खेल्ने भएको छ। हाम्रो पात्रोका फाउन्डर र सिइओ शंकर उप्रेतीले यो लर्निङ सेन्टरले नेपालको शिक्षामा सकारात्मक परिवर्तन गर्दै आममानिसको पहुँचमा पुर्‍याउन महत्त्वपूर्ण  भूमिका खेल्ने बताएका छन् । साथै उप्रेतीले यस लर्निङ सेन्टरलाई समय अनुकूल परिमार्जन गर्दै लैजाने र सबै विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रविधिका माध्यमबाट उपलब्ध गराउन कदम चाल्दै जाने बताएका छन् ।

हिजो एक समारोहका बिचमा हाम्रो पात्रोका सिइओ शंकर उप्रेती र डियरवाक सिफल स्कुलका अध्यक्ष हितेश कार्कीको बिचमा सहकार्यको लागि एक समझदारी पत्रमा हस्ताक्षर भएको हो। उक्त कार्यक्रममा हितेश कार्कीले भने, ‘ हाम्रो पात्रोसँगको सहकार्यमा फ्लिप्ड क्लासहरू अझ फराकिलो विद्यार्थी समुदायसमक्ष  पुर्‍याउन पाउँदा उत्साहित छु। हाम्रा कक्षाहरू धेरै विद्यार्थीहरूमाझ लोकप्रिय रहेकाछन् र हाम्रो पात्रोमा शैक्षिक सामग्रीहरू उपलब्ध हुँदा अझ धेरै विद्यार्थीहरू लाभान्वित हुने आश लिएको छु र हाम्रो पात्रो उक्त कार्यको लागि सर्वोत्तम माध्यम हुनेछ।’ 

यस लर्निङ सेन्टरका माध्यमबाट विभिन्न शैक्षिक संस्थाहरूले सजिलै आफ्ना शैक्षिक सामाग्रीहरू उपलब्ध गराउन सक्छन् । हाललाई डियरवाक सिफल स्कुलका लेक्चरहरू सबै विद्यार्थीहरूले निःशुल्क अध्ययन गर्न सक्छन् । कक्षा चार देखि एघार कक्षा सम्मका विभिन्न विषयका शैक्षिक भिडियोहरू उपलब्ध रहेका छन् । बाँकी आवश्यक लेक्चरहरू, सम्बन्धित विषयका प्रश्न, क्विज पनि आगामी दिनमा थपिँदै जानेछन्। हाम्रो लर्निङ सेन्टर सम्पूर्ण विद्यार्थीहरूका लागि बहुउपयोगी हुनेछ।

हाम्रो पात्रो एपले प्रवासी नेपालीहरूलाई मातृभूमिसँग र आफ्नै देशभित्र फरक फरक स्थानमा बस्ने नेपालीहरूलाई आफ्नो परिवारसँग र सम्पूर्ण नेपालीलाई एकआपसमा नेपाली संस्कृति र परम्पराको माध्यमबाट सन् २०१० देखि जोड्दै आएको छ, साथै समाचार, रेडियो, ज्योतिष, रेमिट्यान्स, ई–कमर्स, डिजिटल स्वास्थ्य सेवा जस्ता सेवाहरू समयअनुकूल रूपमा थप्दै आएको छ।

सन् २०१६ मा स्थापना भएको डियरवाक सिफल स्कुल विद्यार्थीहरूलाई भाषा, गणित र विज्ञान विषयमा सुदृढ शैक्षिक ज्ञान सँगाल्दै वैश्विक नागरिकको रूपमा अघि बढ्न सहायता पुर्‍याउन प्रतिवद्ध छ। डियरवाक सिफल स्कुल हरेक विद्यार्थीको प्रतिभाको विकास गर्दै उनीहरूका क्षमता पहिचान गर्न सघाउने कुरामा दृढ छ । 

प्रकाशित मिति : १६ असार २०७९, बिहीबार  १ : ४२ बजे

संविधान र राष्ट्रिय हितमा आँच आए सडक र सदनबाट प्रतिवाद गर्छौं : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले संविधानमाथि छेडखानी

रूख काट्ने क्रममा एक जनाको मृत्यु, दुई घाइते

त्रिशूली– आज यहाँको बेलकोटगढी नगरपालिका–९ नलगाउँमा रूख काट्ने क्रममा एक

पर्यटन विकासलाई दिगो बनाउन गाउँ केन्द्रित हुनुपर्छ : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालको पर्यटन क्षेत्रलाई समावेशी

‘गाउँ पर्यटन प्रवर्द्धन मञ्च’को अध्यक्षमा थपलिया

काठमाडौं– गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) नेपालको अध्यक्षमा हरिशरण थपलिया

नेम्वाङ दाजुभाइको अन्त्येष्टी गर्ने तयारी

काठमाडौं- तीन दिनअघि पाटनको कृष्णमन्दिर परिसरमा हत्या गरिएका सिर्जन नेम्वाङ