प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन समयमा नै सम्पन्न गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री « Khabarhub

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन समयमा नै सम्पन्न गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री


१६ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन समयमा नै सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।

६४ औँ संसद् दिवसको अवसरमा पूर्व सांसद मञ्चले बिहीबार संघीय संसद् भवन नयाँ बानेश्वरमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन प्रणालीलाई बलियो बनाउन आवधिक निर्वाचनले महत्त्वपूर्ण भूमिका खेल्ने भन्दै निर्वाचन समयमै गरिने बताएका हुन् ।

प्रधानमन्त्री देउवाले मुलुकको शासन प्रणालीलाई बलियो बनाउँदै विकासको गतिमा अगाडि बढाउन सबैले भूमिका खेल्नुपर्ने धारणा राखे। उनले संसद् र संसदीय समितिको निर्णयहरूलाई सरकारले प्राथमिकताका साथ कार्यान्वयन गर्ने स्पष्ट पारे।

कार्यक्रममा पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले दुई तिहाइ मत प्राप्त सरकारले अपेक्षित काम गर्न नसकेको कारण जनतामा निराशा छाएको बताए। उनले देशको सामाजिक, आर्थिक तथा सांस्कृतिक रूपान्तरणका लागि संसद्लाई सम्मानढंगका साथ अघि बढाउनुपर्ने जिकिर गरे।

त्यस्तै काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसदीय प्रणालीलाई इमानदारीपूर्वकता बलियो बनाउन सबै गम्भीर हुनुपर्ने बताए। उनले सांसदहरूले आफ्नो संसद्को दायित्व निर्वाह गर्नुपर्ने समेत बताए।

कार्यक्रममा कानुन मन्त्री गोविन्द शर्मा कोइरालाले संसद्लाई मर्यादित बनाउनका लागि सांसदहरूको भूमिका महत्त्वपूर्ण हुने तर्क गरे।

प्रकाशित मिति : १६ असार २०७९, बिहीबार  २ : ५५ बजे

लमजुङमा ७० रोपनी जमिनमा प्याज खेती गरिँदै

लमजुङ– लमजुङमा ७० रोपनी क्षेत्रफलमा प्याज खेती विस्तार गर्न लागेको

तीन पटक म्याद थप्दा पनि सकिएन नमूना पशु अस्पताल भवन निर्माण

तनहुँ– तनहुँको सदरमुकाम दमौलीमा निर्माण थालिएको भेटेरीनरी अस्पताल तथा पशु

कान्तिलोकपथमा ट्रक पल्टिँदा सडक अवरुद्ध

मकवानपुर– सडकमै ट्रक पल्टिएपछि हेटौँडा–काठमाडौं जोड्ने कान्तिलोकपथ सडक आज बिहानदेखि

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

चितवन– चितवनमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । आज

एमालेले काठमाडौंमा वृहत जनसभा र प्रदर्शन गर्दै

काठमाडौं– नेकपा एमालेले आज काठमाडौंमा वृहत जनप्रदर्शन र जनसभा गर्ने