प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन समयमा नै सम्पन्न गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री « Khabarhub

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन समयमा नै सम्पन्न गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री


१६ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन समयमा नै सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।

६४ औँ संसद् दिवसको अवसरमा पूर्व सांसद मञ्चले बिहीबार संघीय संसद् भवन नयाँ बानेश्वरमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन प्रणालीलाई बलियो बनाउन आवधिक निर्वाचनले महत्त्वपूर्ण भूमिका खेल्ने भन्दै निर्वाचन समयमै गरिने बताएका हुन् ।

प्रधानमन्त्री देउवाले मुलुकको शासन प्रणालीलाई बलियो बनाउँदै विकासको गतिमा अगाडि बढाउन सबैले भूमिका खेल्नुपर्ने धारणा राखे। उनले संसद् र संसदीय समितिको निर्णयहरूलाई सरकारले प्राथमिकताका साथ कार्यान्वयन गर्ने स्पष्ट पारे।

कार्यक्रममा पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले दुई तिहाइ मत प्राप्त सरकारले अपेक्षित काम गर्न नसकेको कारण जनतामा निराशा छाएको बताए। उनले देशको सामाजिक, आर्थिक तथा सांस्कृतिक रूपान्तरणका लागि संसद्लाई सम्मानढंगका साथ अघि बढाउनुपर्ने जिकिर गरे।

त्यस्तै काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसदीय प्रणालीलाई इमानदारीपूर्वकता बलियो बनाउन सबै गम्भीर हुनुपर्ने बताए। उनले सांसदहरूले आफ्नो संसद्को दायित्व निर्वाह गर्नुपर्ने समेत बताए।

कार्यक्रममा कानुन मन्त्री गोविन्द शर्मा कोइरालाले संसद्लाई मर्यादित बनाउनका लागि सांसदहरूको भूमिका महत्त्वपूर्ण हुने तर्क गरे।

प्रकाशित मिति : १६ असार २०७९, बिहीबार  २ : ५५ बजे

दसैँ बिदामा पनि आयोगका कार्यालय खुला रहने

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोग र मातहतका कार्यालय आगामी बडादसैँको बिदाका

बाढीप्रभावित लाङटाङका सबै परिवारलाई हेलिकप्टरमार्फत खाद्यान्न वितरण

रसुवा– गत भदौ १० गतेको विनाशकारी बाढीबाट सडक र पैदलमार्ग

कांग्रेस सहमहामन्त्री खस आर्यमा मनोजमणि आचार्यको अग्रता, जगदीश्वर केसी पछ्याउँदै

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खस आर्यतर्फको केन्द्रीय सहमहामन्त्री पदमा

उदयपुरमा बस दुर्घटना एकको मृत्यु, १६ जना घाइते

उदयपुर– काठमाडौँबाट धरानतर्फ गइरहेको यात्री बस उदयपुरमा बस मदन भण्डारी

राजमार्गका अस्वस्थकर र महँगा होटलमा रोकिए चालक र सञ्चालकलाई कडा कारबाही हुने

काठमाडौँ– सार्वजनिक यात्रुवाहक सवारी साधन रोकिने राजमार्ग क्षेत्रका होटल तथा