फिल्मलाई समृद्ध बनाउन मद्दत गर्छौँ : मन्त्री कार्की « Khabarhub

फिल्मलाई समृद्ध बनाउन मद्दत गर्छौँ : मन्त्री कार्की


१६ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चलचित्र विकास बोर्डको २२औँ वार्षिकोत्सवको अवसर पारेर बिहीबार सरकारले थप ६३ जना फिल्मकर्मीलाई विशिष्ट श्रेणीको चलचित्रकर्मी परिचयपत्र प्रदान गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले थप ६३ जनालाई परिचयपत्र प्रदान गरेका हुन् ।

विशिष्ट श्रेणीको चलचित्रकर्मी परिचयपत्र प्राप्त गर्नेमा अभिनेता भुवन केसी, सन्तोष पन्त, चैत्यदेवी सिंह, मोहनलाल सर्राफ, गौरीशंकर धुजु, अर्जुनजंग शाही, रवि गिरी, राजाराम पौडेल, पवन मैनाली, मनोज कुमार केसी लगायत छन् ।

आर्थिक वर्ष २०७३/ ७४ को कार्यविधिअनुसार फारम भरेका फिल्मकर्मीलाई परिचयपत्र वितरण गरिएको हो । यसअघि ४० जना फिल्मकर्मीलाई उक्त परिचयपत्र प्रदान गरिसकिएको छ । साथै परिचयपत्र प्रदान गरिएका ६२ जना फिल्मकर्मीको एक लाख रुपैयाँ बराबरको बीमा समेत गरिएको छ।  

कार्यक्रममा बोल्दै मन्त्री कार्कीले प्रत्येक जिल्लामा फिल्म छायांकन केन्द्र विकास गर्ने सरकारको लक्ष्य रहेको बताएका छन् । यसले कानुनी, वैज्ञानिक र सामाजिक रुपमा फिल्मलाई समृद्ध बनाउन मद्दत गर्ने उनको भनाइ छ ।

No description available.फिल्म क्षेत्रको विकासका लागि मन्त्रालयले आवश्यक पहल गरिरहेको बताउँदै मन्त्री कार्कीले आउँदो दश वर्षमा नेपाली फिल्म उद्योग दक्षिण एसियाको समृद्धमध्येमा पर्नेमा  विश्वस्त रहेको बताए । कार्यक्रममा सञ्चार मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्यालले नेपाली फिल्ममा विदेशी लगानी भित्र्याउन लगानी बोर्डसँग छलफल भइरहेको जानकारी दिए ।

विशिष्ट चलचित्रकर्मी परिचयपत्र प्राप्त गर्नेको सूची

१- चैत्यदेवी सिंह

२- मोहनलाल सर्राफ

३- गौरीशंकर धुजु,

४- नगेन्द्र खड्का क्षेत्री

५- अर्जुनजंग शाही

६- रवि गिरी

७-सानुकुमार ताम्राकार

८- रिदीचन्द्र श्रेष्ठ

९- राजाराम पौडेल

१०- सन्तोष पन्त

११- मञ्जिल श्रेष्ठ

१२- उज्जल घिमिरे

१३- पवन मैनाली

१४- भुवन केसी

१५- सुन्दरलाल श्रेष्ठ

१६- शिव ढकाल

१७- वीरेन्द्रनारायण श्रेष्ठ

१८- किरण केसी

१९- जुजुभाइ महर्जन

२०- जय श्रेष्ठ

२१- मदन घिमिरे

२२- प्रकाशचन्द्र सुवेदी

२३- देशभक्त खनाल

२४- नानीबाबु महर्जन

२५- उत्तम केसी

२६- अर्जुन श्रेष्ठ

२७- गोपालकाजी कायस्थ

२८- राजेन्द्र सलभ

२९- दिनेश डीसी

३०- धीरेन शाक्य

३१- आरपी पन्त

३२- हिमाल केसी

३३- सुशील पोखरेल

३४- भोला रिजाल

३५- दयाराम दाहाल

३६। वनिशविक्रम शाह

३७- नरेन्द्र महर्जन

३८- माधव थपलिया

३९- लक्ष्मणविक्रम बस्नेत

४०- कुलबहादुर महत

४१- उद्धवराज भट्टराई

४२- कमल मैनाली

४३- ज्योतिलाल राना

४४- मनोजकुमार आचार्य

४५- मुकुन्दकिशोर भट्टराई

४६- किशोरकुमार ढकाल

४७- नारायण प्रधान

४८- उत्तक द्वा

४९- शिवहरि वैरागी

५०- चिरञ्जीवी बस्नेत

५१- दीर्घ गुरुङ

५२- लव वैष्णव

५३- मनोजकुमार केसी

५४- केशवप्रसाद पण्डित

५५-रीता राना

५६- सपना श्रेष्ठ

५७- प्रदीपलाल श्रेष्ठ

५८- रामकाजी घिमिरे

५९- विकासराज आचार्य

६०- विजय देउजा

६१- ज्ञानेन्द्र देउजा

६२- मदनमान बज्राचार्य

६३- राजकुमार पोखरेल

प्रकाशित मिति : १६ असार २०७९, बिहीबार  ३ : ३५ बजे

देवघाटमा देखियो घडियाल गोही

चितवन– गैँडाकोटको देवघाट क्षेत्रमा घडियाल गोही देखा परेको छ ।

तस्बिरमा हेर्नुहोस्, वसन्तपुरमा मतदान केन्द्रको तयारी

बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका मतदान केन्द्रमा आवश्यक

दुतावासका कर्मचारीलाई पाकिस्तान छोड्न अमेरिकाको आदेश

एजेन्सी– अमेरिकाले पाकिस्तानी वाणिज्य दूतावासमा कार्यरत कर्मचारीलाई पाकिस्तान छोड्न आदेश

गृह मन्त्रालय भन्छ : आवश्यकता अनुसार हेलिकप्टर परिचालन गर्छौँ

काठमाडौं– गृह मन्त्रालयले भोलि हुने निर्वाचनका लागि आफूले गर्नुपर्ने सम्पूर्ण

तनहुँ जलविद्युत् आयोजनाद्वारा ९२ योजना सम्पन्न

दमौली तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ