नेपालको राष्ट्रिय सुरक्षामा बाह्य हस्तक्षेप बढेको छ : भीम रावल « Khabarhub

नेपालको राष्ट्रिय सुरक्षामा बाह्य हस्तक्षेप बढेको छ : भीम रावल


१६ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका नेता डा. भीमबहादुर रावलले नेपालको राष्ट्रिय सुरक्षामा बाह्य हस्तक्षेप बढेको बताएका छन्।

रिपोर्टर्स क्लब नेपालले बिहीबार आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले बाहिरी हस्तक्षेप नरोके देशले कष्टकर दिन भोग्नुपर्ने समेत बताएका हुन्। रावलले नेपालले स्वतन्त्र र असंलग्न परराष्ट्र नीतिलाई बढवा दिनुपर्नेमा जोड दिए।

रावलले एसपीपीमा नेपाल संलग्न नहुने भनेर सरकारले भनेपछि त्यस सम्बन्धमा लेखिएको पत्र सार्वजनिक गर्न माग गरे। उनले संसद् र संसद्को अन्तर्राष्ट्रिय समितिले एसपीपी बारेका दस्ताबेज माग गर्दा पनि सरकारले उपलब्ध नगराएको भन्दै आपत्ति जनाए। रावलले नेपाललाई सैनिक अड्डामा परिणत गर्ने काम कसैबाट पनि हुन नहुनेमा जोड दिए।

उनले सबै असमान सन्धि र सम्झौताबाट देशलाई मुक्त गर्नुपर्नेमा जोड दिए। यस्तै, रावलले आगामी आम निर्वाचनमा आफ्नो दल एक्लै निर्वाचनमा जाने स्पष्ट पारे।

प्रकाशित मिति : १६ असार २०७९, बिहीबार  ४ : २८ बजे

संविधान र राष्ट्रिय हितमा आँच आए सडक र सदनबाट प्रतिवाद गर्छौं : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले संविधानमाथि छेडखानी

रूख काट्ने क्रममा एक जनाको मृत्यु, दुई घाइते

त्रिशूली– आज यहाँको बेलकोटगढी नगरपालिका–९ नलगाउँमा रूख काट्ने क्रममा एक

पर्यटन विकासलाई दिगो बनाउन गाउँ केन्द्रित हुनुपर्छ : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालको पर्यटन क्षेत्रलाई समावेशी

‘गाउँ पर्यटन प्रवर्द्धन मञ्च’को अध्यक्षमा थपलिया

काठमाडौं– गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) नेपालको अध्यक्षमा हरिशरण थपलिया

नेम्वाङ दाजुभाइको अन्त्येष्टी गर्ने तयारी

काठमाडौं- तीन दिनअघि पाटनको कृष्णमन्दिर परिसरमा हत्या गरिएका सिर्जन नेम्वाङ