कांग्रेस नेता डा.शेखर कोइराला निकट नेताहरूको भेला जारी  « Khabarhub

कांग्रेस नेता डा.शेखर कोइराला निकट नेताहरूको भेला जारी 


१६ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कांग्रेस नेता डा. शेखर कोइराला निकट नेताहरूको भेला जारी छ । केही बेरअघि बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा कोइराला पक्षीय नेताहरूको भेला सुरु भएको हो । भेलामा डा.कोइराला, डा.रामशरण महत, दिलेन्द्रप्रसाद बडू, जगदीशनरसिंह केसी, सञ्जय गौतमलगायत सहभागी छन् । बडू देउवा सरकारका आपूर्ति तथा वाणिज्य मन्त्रीसमेत हुन् । 

यसअघि उनी रामचन्द्र पौडेल खेमामा थिए । कांग्रेसको १४औं महाधिवेशनसम्म पनि उनी पौडेलसँगै थिए । यसअघि कोइरालाले बोलाएको भेला र बैठकमा उनी सहभागी हुने गरेका थिएनन् । तर, बिहीबारको भेलामा बडू पनि सहभागी भएका छन् । पार्टी सभापति शेरबहादुर देउवाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै कोइरालाले शुक्रबार आफूपक्षीय भेला राखेका हुन् । कांग्रेस महाधिवेशन भएको ६ महिनाभित्र केन्द्रीय विभागहरू गठन भइसक्नुपर्ने विधानमा व्यवस्था छ । कांग्रेसको १४औं महाधिवेशन सकिएको ६ महिना पूरा भएको छ । तर, सभापति देउवाले विधानमा उल्लेख भएका २८ वटा विभाग गठन गरेका छैनन् ।

यसैगरी, कांग्रेस केन्द्रीय समितिको बैठक दुई/दुई महिनामा बस्नुपर्ने व्यवस्था छ । तर, चैतयता कांग्रेस केन्द्रीय समितिको बैठक बस्न सकेको छैन । कांग्रेसका भ्रातृ र शुभेच्छुक संस्थाको नेतृत्वमा संस्थापन पक्षले एकलौटी गरेको भन्दै कोइराला पक्ष असन्तुष्ट बनेको छ । यिनै विषयमा छलफल गर्न भेला बोलाएको कोइरालाले जानकारी दिए ।

प्रकाशित मिति : १६ असार २०७९, बिहीबार  ४ : ४१ बजे

प्रधानमन्त्री भन्छन् : ढिलो होला तर, गलत हुँदैन

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले सही समय आउन केही समय

फरार कैदी भारत–नेपाल सीमाबाट पक्राउ

महेन्द्रनगर । कञ्चनपुर कारागारबाट फरार रहेका एक कैदीलाई प्रहरीले नेपाल–भारत

अमरेश सिंहको प्रश्न : यो राज्य संयन्त्र कसरी चलेको छ ?

काठमाडौँ । सत्तारुढ रास्वपाका सांसद अमरेशकुमार सिंहले राज्य कसरी चलेको

झारफुक गर्ने भन्दै बालिका कुटपिटको आरोपमा एकजना पक्राउ

काठमाडौं । झारफुक गर्ने भन्दै बालिकालाई कुटपिट गरेको आरोपमा प्रहरीले

करिब एक हजार ३१५ किलो गाँजा बरामद

काठमाडौं – प्रहरीले खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-७ वालिङस्थित जङ्गलबाट