आयात प्रोत्साहनले परनिर्भरता बढ्यो : कमल थापा | Khabarhub Khabarhub

आयात प्रोत्साहनले परनिर्भरता बढ्यो : कमल थापा


१६ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कर्णाली– राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले आन्तरिक उत्पादनलाई बढाउनुका साटो विदेशी वस्तुको आयातलाई प्रोत्साहन दिँदा परनिर्भरता बढेको बताएका छन् । वीरेन्द्रनगरमा आज पार्टीको प्रदेशस्तरीय प्रशिक्षण एवं बृहत् अन्तरक्रिया कार्यक्रममा उनले आयातलाई प्रोत्साहन दिँदा मुलुकमा गरिबी बढ्दै गएको बताए । 

अध्यक्ष थापाले ससाना दैनिक उपभोग्य वस्तुको स्वदेशमा उत्पादन हुन छाड्नु चिन्ताको विषय भएको टिप्पणी गरे । ‘४० लाखभन्दा बढी युवाले विदेशमा पसिना बगाएर कमाएको पैसाबाट प्राप्त विप्रेषणले देशको अर्थतन्त्र धानिएको छ’, उनले भने, ‘स्वदेशी उत्पादन र रोजगारीले कुनै प्राथमिकता पाउन सकेको छैन, आयातमै ठूलो धनराशि विदेशिने गरेको छ ।’ गरिबीका कारण नेपालमा सनातन हिन्दु धर्मप्रति आक्रमण बढ्दै गएको उनको भनाइ थियो । लोकतन्त्रको आडमा केही सीमित राजनीतिक दलका नेताहरूले रजगज गरेको बताउँदै अध्यक्ष थापाले भने, ‘मुलुकमा सामाजिक, आर्थिक परिवर्तनको प्रतीक्षामा बसेका आम नागरिकमा चरम निराशा छाएको छ, उनीहरूका दुःखका दिन अझै सकिएका छैनन् ।’

समाजका विभिन्न वर्ग, क्षेत्र र समुदायसँग मुलुकको समसामयिक परिस्थिति र मुख्य चुनौतीका बारेमा अन्तरक्रियासँगै प्रदेशस्तरीय प्रशिक्षण आयोजना गरिएको उक्त पार्टीका केन्द्रीय सदस्य ईश्वर श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : १६ असार २०७९, बिहीबार  ७ : १४ बजे

जगदीश्वरको नेतृत्वमा सडकमा निस्किए कांग्रेस कार्यकर्ता

काठमाडौँ- नेपाली कांग्रेसका नेता-कार्यकर्ताले शुक्रबार काठमाडौँको सामाखुसी चोकमा पार्टीको झण्डासहित

जेन-जीको प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुग्यो, १७ सय बढि घाइते

काठमाडौं– जेन-जीको दुई दिने प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६

जेन-जी आन्दोलनमा दोलखाका तीन जनाले गुमाए ज्यान

दोलखा– जेन-जीहरुको आन्दोलनमा परेर दोलखाका तीन जनाले ज्यान गुमाएका छन्

जेन-जीको आन्दोलनमा निजी क्षेत्रमा भएको क्षतिप्रति महासंघ दुख व्यक्त

काठमाडौं– जेन-जी पुस्ताले मुलुकभर चलाएको आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति

रविको फोटोसहित सडकको पर्खालमा टाँसियो- नख्खुबाट कैदी भागेकाे सूचना

काठमाडौँ- गत मंगलबार देशभर भएको विध्वंसको फाइदा उठाउँदै हुलहुजज्जतसहित नख्खु