शेखर कोइराला पक्षको बैठक भोलि पुनः बस्ने « Khabarhub

शेखर कोइराला पक्षको बैठक भोलि पुनः बस्ने


१६ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षको बैठक भोलि पुनः बस्ने भएको छ ।

बिहीबार राजधानीको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा बसेको कोइराला समूहको बैठक शुक्रबार दिउँसो २ बजेसम्मका लागि स्थगित भएको हो ।

आजको बैठकमा सभापति शेरबहादुर देउवाले पार्टीलाई विधानसम्मत चलाउन नसकेको निष्कर्ष निकालिएको छ । १४ औँ महाधिवेशनपछि पनि पार्टी विधान र विधिसम्मत ढङ्गले सञ्चालन हुन नसकेको भन्दै बैठकमा नेताहरूले असन्तुष्टि जनाएका थिए ।

 नेताहरूले सभापति देउवाले पार्टीभन्दा सत्तालाई मात्रै केन्द्रमा राखेर काम गरेको आरोप लगाएका छन् ।

देउवाले स्थानीय चुनाव सकिएको लामो समय भइसक्दा पनि केन्द्रीय समिति बैठक नराखेको, भ्रातृ संस्थामा आफूखुसी नियुक्ति गरेको भन्दै असन्तुष्टि जनाएका थिए ।

प्रकाशित मिति : १६ असार २०७९, बिहीबार  ८ : ०३ बजे

संविधान र राष्ट्रिय हितमा आँच आए सडक र सदनबाट प्रतिवाद गर्छौं : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले संविधानमाथि छेडखानी

रूख काट्ने क्रममा एक जनाको मृत्यु, दुई घाइते

त्रिशूली– आज यहाँको बेलकोटगढी नगरपालिका–९ नलगाउँमा रूख काट्ने क्रममा एक

पर्यटन विकासलाई दिगो बनाउन गाउँ केन्द्रित हुनुपर्छ : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालको पर्यटन क्षेत्रलाई समावेशी

‘गाउँ पर्यटन प्रवर्द्धन मञ्च’को अध्यक्षमा थपलिया

काठमाडौं– गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) नेपालको अध्यक्षमा हरिशरण थपलिया

नेम्वाङ दाजुभाइको अन्त्येष्टी गर्ने तयारी

काठमाडौं- तीन दिनअघि पाटनको कृष्णमन्दिर परिसरमा हत्या गरिएका सिर्जन नेम्वाङ