कालीकोटमा रास्कोट नगरपालिकाले नगर बस चलाउने « Khabarhub

कालीकोटमा रास्कोट नगरपालिकाले नगर बस चलाउने


१६ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मान्म : कालीकोट जिल्लाको रास्कोट नगरपालिकाले नगर बस सञ्चालन गर्ने भएको छ । रास्कोट नगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा नगर बस सञ्चालन गर्ने कार्यलाई पहिलो प्राथमिकता दिएको हो ।

नीति तथा कार्यक्रम सार्वजनिक गर्दै नगर बस सञ्चालन, नगर प्रहरीको गठन, मेयर हेल्थ केयर कार्यक्रम सञ्चालन, उपमेयर सशक्तीकरण कार्यक्रम सञ्चालन, सामाजिक सुरक्षाभत्ता घरआँगनमा वितरण, जनआन्दोलन, जनयुद्धका सहिद, घाइते, अपाङ्गता भएका, द्वन्द्वपीडित, विपन्न दलित परिवारका छात्रछात्रालाई उच्च शिक्षा अध्ययनका लागि ‘मेयर छात्रवृत्ति कोष स्थापना’, रास्कोट बहुमुखी क्याम्पस सञ्चालन गर्ने रास्कोट नगरपालिका प्रमुख धर्मराज शाहीले बताए ।

रास्कोट नगरपालिकाको पहिचानसहित लोगो कायम गरिने, वातावरण संरक्षणका लागि रास्कोट नगरपालिकाको लोगोसहितको झटपट झोला वितरण गरिने, रास्कोट कोसेली घर स्थापना, एक घर एक धारा कार्यक्रमद्वारा स्वच्छ खानेपानीको पहुँचमा विस्तार, पर्यटन प्रवद्र्धनका लागि होमस्टे स्थापना, नागरिक निर्जीवन दुर्घटना बीमा कार्यक्रमको निरन्तरता र रास्कोट नगर अस्पतालबाट विशेषज्ञ सेवा प्रवाह गर्ने गरी बजेट ल्याएको प्रमुख शाहीको भनाइ छ ।

आरसिपी बजारको विस्तृत सर्वेक्षण गरी व्यवस्थापन गरिने, जल, जङ्गल, जमिन र जनश्रमको परिचालन गर्न नीति अवलम्बन गरिने, पूर्वाधार विकासका लागि भौतिक संरचनाको स्तरोन्नति गरिने, बजेटको उद्देश्य हासिल गर्न प्राथमिकता कायम गरी सङ्घ, कर्णाली प्रदेश निजी क्षेत्रसँग साझेदारीका आधारमा सहकार्य गरिने, कृषि आधुनिकीकरण, व्यावसायिकीकरण र हाइटेक नर्सरीलाई सञ्चालनमा ल्याउने तयारी रहेको उपप्रमुख मनिराज बरालले बताए । रासस

प्रकाशित मिति : १६ असार २०७९, बिहीबार  ८ : २४ बजे

संविधान र राष्ट्रिय हितमा आँच आए सडक र सदनबाट प्रतिवाद गर्छौं : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले संविधानमाथि छेडखानी

रूख काट्ने क्रममा एक जनाको मृत्यु, दुई घाइते

त्रिशूली– आज यहाँको बेलकोटगढी नगरपालिका–९ नलगाउँमा रूख काट्ने क्रममा एक

पर्यटन विकासलाई दिगो बनाउन गाउँ केन्द्रित हुनुपर्छ : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालको पर्यटन क्षेत्रलाई समावेशी

‘गाउँ पर्यटन प्रवर्द्धन मञ्च’को अध्यक्षमा थपलिया

काठमाडौं– गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) नेपालको अध्यक्षमा हरिशरण थपलिया

नेम्वाङ दाजुभाइको अन्त्येष्टी गर्ने तयारी

काठमाडौं- तीन दिनअघि पाटनको कृष्णमन्दिर परिसरमा हत्या गरिएका सिर्जन नेम्वाङ