धानको बीउ नहुँदा किसानको पिरोलो « Khabarhub

धानको बीउ नहुँदा किसानको पिरोलो


१६ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी : असारे १५ पर्वका अवसरमा धान रोपाइँ दिवस मनाइएका समाचार आइरहँदा महोत्तरी जिल्लाका किसान भने बीउको चिन्ताले पिरोलिएका छन् । असार लागेदेखि नै बेलाबेलामा पानी परिरहे पनि यसपालि बीउ पर्याप्त नहुँदा धान रोपाइँले गति नलिएपछि किसान पिरोलिएका हुन् । मध्य असार नाघिसक्दासम्म जिल्लामा यसपालि १० प्रतिशतमात्र धान रोपाइँ भएको छ ।

“जेठ तेस्रो साताभित्र हिउँदे धानको बीउ छरिसक्नुपर्ने हो तर यसपालि कृषि सहकारीमा न धानको बीउ पाइयो न मल नै”, जिल्लाको भङ्गाह नगरपालिका–७ मेघनाथ गोरहन्नाका किसान रामबाबु चौधरी भन्छन्, “समय नाघ्नै लाग्दासम्म बीउ, मल नपाएपछि घरकै पुरानो धानको ब्याड राख्यौँ, त्यही बीउ रोप्दैछौँ ।”

मध्य असारताका भ्याइनभ्याई, खाइनखाई रोपाइँमा लाग्नुपर्ने बेला गरामा डम्म भरिएको खेत हेर्दै विरक्तिनुपरेको किसानको भनाइ छ । असार तेस्रो साताभित्र बीउ रोपिसकेर साउन तेस्रो साताभित्र खरुवन कलम, बीउ रोप गाँजिएपछि उखेलेर रोप्नेलाई खरुवन रोप भनिन्छ रोपिने चलन छ ।

तर यसपालि बीउ रोप शाही रोप गर्न पर्याप्त बीउ बेर्ना नभएपछि धेरैजसो खरुवनकै भरपर्नुपरेको किसानको भनाइ छ । रासस

प्रकाशित मिति : १६ असार २०७९, बिहीबार  ८ : २९ बजे

मौसम खुलेपछि अन्नपूर्ण आधार शिविरमा पर्यटक भरिभराउ

कास्की– विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबीसी) पदयात्रामा जाने पर्यटकको सङ्ख्या

गगनले अघि सारे ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश, लोकतन्त्र र कांग्रेसको

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु