बेँसीशहर-चामे सडक पनि फेरि सञ्चालन « Khabarhub

बेँसीशहर-चामे सडक पनि फेरि सञ्चालन


१६ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ : बाढी पहिराले अवरुद्ध बनाएको हिमाली जिल्ला मनाङ र पहाडी जिल्ला लमजुङ जोड्ने एक मात्र बेँसीशहर–चामे सडक पुनः सञ्चालन भएको छ ।

अविरल वर्षासँगै आएको बाढीपहिराले बुधबार बिहानैबाट अवरुद्ध बनेको यस खण्डको पहिरो हटाएसँगै आज साँझ ७ बजेदेखि पुनः सञ्लालन भएको डुम्रे बेँसीशहर चामे सडक योजना कार्यालय लमजुङका सूचना अधिकारी तथा इञ्जिनीयर पुरुषोत्तम अधिकारीले बताए ।

यस सडकखण्डको विभिन्न भागमा गएकोमध्ये हटाउन बाँकी मस्र्याङ्दी गाउँपालिका–४ श्रीचौर जगतको पहिरो हटाउन सफल भएसँगै सवारी साधन सञ्चालनमा आएको उनको भनाइ छ ।

सडक माथिबाट ठूला ठूला ढुङ्गामाटासहितको पहिरो खस्दा दुई ठाउँमा अवरुद्ध हुनुका साथै सडक भत्किएको थियो । मस्र्याङ्दी गाउँपालिका–३ खुदी नजिकै ठूला ढुङ्गा माटासहितको पहिराले सडक अवरुद्ध बनाएको थियो । सो स्थानमा करिब ३५ मिटर सडक अवरुद्ध बनाए पनि सहज रुपमा पहिरो हटाइएको थियो । रासस

प्रकाशित मिति : १६ असार २०७९, बिहीबार  ८ : ३४ बजे

मौसम खुलेपछि अन्नपूर्ण आधार शिविरमा पर्यटक भरिभराउ

कास्की– विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबीसी) पदयात्रामा जाने पर्यटकको सङ्ख्या

गगनले अघि सारे ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश, लोकतन्त्र र कांग्रेसको

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु