बेँसीशहर-चामे सडक पनि फेरि सञ्चालन « Khabarhub

बेँसीशहर-चामे सडक पनि फेरि सञ्चालन


१६ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ : बाढी पहिराले अवरुद्ध बनाएको हिमाली जिल्ला मनाङ र पहाडी जिल्ला लमजुङ जोड्ने एक मात्र बेँसीशहर–चामे सडक पुनः सञ्चालन भएको छ ।

अविरल वर्षासँगै आएको बाढीपहिराले बुधबार बिहानैबाट अवरुद्ध बनेको यस खण्डको पहिरो हटाएसँगै आज साँझ ७ बजेदेखि पुनः सञ्लालन भएको डुम्रे बेँसीशहर चामे सडक योजना कार्यालय लमजुङका सूचना अधिकारी तथा इञ्जिनीयर पुरुषोत्तम अधिकारीले बताए ।

यस सडकखण्डको विभिन्न भागमा गएकोमध्ये हटाउन बाँकी मस्र्याङ्दी गाउँपालिका–४ श्रीचौर जगतको पहिरो हटाउन सफल भएसँगै सवारी साधन सञ्चालनमा आएको उनको भनाइ छ ।

सडक माथिबाट ठूला ठूला ढुङ्गामाटासहितको पहिरो खस्दा दुई ठाउँमा अवरुद्ध हुनुका साथै सडक भत्किएको थियो । मस्र्याङ्दी गाउँपालिका–३ खुदी नजिकै ठूला ढुङ्गा माटासहितको पहिराले सडक अवरुद्ध बनाएको थियो । सो स्थानमा करिब ३५ मिटर सडक अवरुद्ध बनाए पनि सहज रुपमा पहिरो हटाइएको थियो । रासस

प्रकाशित मिति : १६ असार २०७९, बिहीबार  ८ : ३४ बजे

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि