रुखबाट लडेर घाइते रोकाको उपचारमा ४ लाख सहयोग « Khabarhub

रुखबाट लडेर घाइते रोकाको उपचारमा ४ लाख सहयोग


१६ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

बागलुङ : रुखबाट लडेर गम्भीर घाइते भएकी ताराखोला गाउँपालिका–२ अर्गलकी कलामति रोकालाई उपचारार्थ चार लाख १४ हजार २८९ सहयोग प्रदान गरिएको छ । स्थानीय नवसिर्जना युवा क्लबले आर्थिक सहयोग अभियान चलाएर उठेको सो रकम आज रोकाको परिवारजनलाई हस्तान्तरण गरिएको हो ।

क्लबका अध्यक्ष पूर्णभद्र न्यूरेका अनुसार २५ वर्षीया रोका अहिले पोखरास्थित हरियोखर्क अस्पतालमा उपचाररत छन् । “रोकाको मेरुदण्डमा समस्या देखिएको छ, उपचारमा अर्थाभाव भएपछि क्लबले सहयोग अभियान चलाएको हो”, उनले भने ।

५० देखि बढीमा ३० हजारसम्म सहयोग गर्ने २५० सहयोगदाता अभियानमा जोडिएको क्लबले जनाएको छ । अर्थाभावकै कारण रोकाको उपचारमा समस्या निम्तिएपछि देशविदेशबाट सहयोग प्राप्त भएको थियो ।

सहयोग रकम प्रदान गर्दै गाउँपालिकाका निवर्तमान अध्यक्ष प्रकाश घर्तीले मानवीय सेवाका क्षेत्रमा क्लबले खेलेको भूमिकाको प्रशंसा गर्नुभएको थियो । क्लबले यसअघि पनि घाइते र बिरामीको उपचारका लागि सहयोग रकम जुटाएको थियो ।

प्रकाशित मिति : १६ असार २०७९, बिहीबार  ९ : २० बजे

मौसम खुलेपछि अन्नपूर्ण आधार शिविरमा पर्यटक भरिभराउ

कास्की– विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबीसी) पदयात्रामा जाने पर्यटकको सङ्ख्या

गगनले अघि सारे ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश, लोकतन्त्र र कांग्रेसको

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु