स्थानीय तह निर्वाचनबारे तयार पारिएको प्रतिवेदन पारित « Khabarhub

स्थानीय तह निर्वाचनबारे तयार पारिएको प्रतिवेदन पारित


१६ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेस निर्वाचन केन्द्रीय परिचालन समितिले स्थानीय तह निर्वाचन–२०७९ को समीक्षा गरी तयार गरिएको प्रतिवेदन पारित गरेको छ ।

कांग्रेस निर्वाचन केन्द्रीय परिचालन समितिको आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले स्थानीय तह निर्वाचन–२०७९ को समीक्षा गरी समितिले तयार पारेको प्रतिवेदन पारित गरेको हो ।

बैठकमा पार्टीका केन्द्रिय सदस्य तथा समितिका सदस्यले दिएको सुझावलाई समेटेर तयार पारिएको प्रतिवेदनका बारेमा छलफल गरी प्रतिवेदन पारित गरिएको कांग्रेस स्थानीय तह निर्वाचन समितिका सचिवालय संयोजक नानु बाँस्तोलाले जानकारी दिइन् ।

उनले आवश्यक सुझावलाई समेटेर तयार पारेको उक्त प्रतिवेदन कांग्रेस केन्द्रीय समितिको बैठकमा पेश गरिने बताइन् ।

“७७ वटै जिल्लामा स्थानीय तह निर्वाचनमा के कस्तो अवस्था रह्यो, कुन प्रदेशमा कांग्रेसको अवस्था कस्तो भयो, गठबन्धनका दलसँग निर्वाचनमा भएका कमी कमजोरी र उपलब्धिका बारेमा छलफल गरेर प्रतिवेदन तयार गरेका हौँ”, उनले भनिन् ।

प्रकाशित मिति : १६ असार २०७९, बिहीबार  १० : ५९ बजे

निसीखोलामा पुतली नाचको रौनक

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका–६ भल्कोटमा पुतली नाच प्रदर्शन गरिएको छ

केपी ओलीबारे माजिद अन्सारी : सच्चिनुस् कि सक्किनुस्

काठमाडौं – नेकपा (एमाले) भित्र प्रतिनिधिसभा निर्वाचनका लागि टिकट वितरणको

पश्चिमी वायुको आंशिक प्रभाव, तराईका केही भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रत्यक्ष उम्मेदवार टुंगो लगाउन रास्वपा केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं – प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवार टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टी