स्थानीय तह निर्वाचनबारे तयार पारिएको प्रतिवेदन पारित « Khabarhub

स्थानीय तह निर्वाचनबारे तयार पारिएको प्रतिवेदन पारित


१६ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेस निर्वाचन केन्द्रीय परिचालन समितिले स्थानीय तह निर्वाचन–२०७९ को समीक्षा गरी तयार गरिएको प्रतिवेदन पारित गरेको छ ।

कांग्रेस निर्वाचन केन्द्रीय परिचालन समितिको आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले स्थानीय तह निर्वाचन–२०७९ को समीक्षा गरी समितिले तयार पारेको प्रतिवेदन पारित गरेको हो ।

बैठकमा पार्टीका केन्द्रिय सदस्य तथा समितिका सदस्यले दिएको सुझावलाई समेटेर तयार पारिएको प्रतिवेदनका बारेमा छलफल गरी प्रतिवेदन पारित गरिएको कांग्रेस स्थानीय तह निर्वाचन समितिका सचिवालय संयोजक नानु बाँस्तोलाले जानकारी दिइन् ।

उनले आवश्यक सुझावलाई समेटेर तयार पारेको उक्त प्रतिवेदन कांग्रेस केन्द्रीय समितिको बैठकमा पेश गरिने बताइन् ।

“७७ वटै जिल्लामा स्थानीय तह निर्वाचनमा के कस्तो अवस्था रह्यो, कुन प्रदेशमा कांग्रेसको अवस्था कस्तो भयो, गठबन्धनका दलसँग निर्वाचनमा भएका कमी कमजोरी र उपलब्धिका बारेमा छलफल गरेर प्रतिवेदन तयार गरेका हौँ”, उनले भनिन् ।

प्रकाशित मिति : १६ असार २०७९, बिहीबार  १० : ५९ बजे

‘अनलाइन’बाट बिजुलीको बिल तिर्ने ग्राहकलाई अब विशेष सुविधा

काठमाडौँ–  नेपाल विद्युत् प्राधिकरणले बिजुलीको बिल ‘अनलाइन’बाट तिर्ने ग्राहकलाई थप

हवाई भाडादरबारे भ्रामक सूचनाको पछि नलाग्न एयरलाइन्सको अनुरोध

काठमाडौँ– बडादसैँ तथा तिहारको समयमा हवाई भाडादरलाई लिएर सार्वजनिक आलोचना

मर्मतपछि राहुघाटबाट फेरि विद्युत् उत्पादन

काठमाडौं–  राहुघाट जलविद्युत् आयोजनाको मर्मतसम्भारपछि पुनः विद्युत् उत्पादन सुरु गरिएको

विपक्षी नेताहरूले अराजकता फैलाएको भाजपाको आरोप

काठमाडौं- भारतमा निर्वाचन आयोगले सञ्चालन गरेको एसआईआरको मुद्दालाई लिएर विपक्षी

अवरुद्ध पैरेबेँसी-शान्तिबजार खण्डमा तुइन सञ्चालन

रसुवा–  गत भदौ १० गतेको भोटेकोशी बाढीका कारण सडक सञ्जाल