समवेदना व्यक्त गर्न विजुक्छेँको घरमा पुगे केपी ओली‌ « Khabarhub

समवेदना व्यक्त गर्न विजुक्छेँको घरमा पुगे केपी ओली‌


१६ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर-  पत्नी वियोगमा रहेका नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेँलाई भेटेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समवेदना व्यक्त गरेका छन् ।
एमाले अध्यक्ष ओली पत्नी राधिका, पार्टी उपाध्यक्ष सुवास नेम्वाङ तथा नेता कृष्णगोपाल श्रेष्ठ, मध्यपुरथिमि नगरपालिकाका निवर्तमान प्रमुख मदनसुन्दर श्रेष्ठसँगै विजुक्छेँ निवास पुगेर नेमकिपा अध्यक्ष विजुक्छेँको पत्नी शोभा प्रधानप्रति आज श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना प्रकट गरेका हुन् ।
क्यान्सर रोगको उपचारको क्रममा बिजुक्छे पत्नी शोभाको हालै निधन भएको थियो ।भेटमा ओलीले नेपालमा जटिल रोगका औषधिको सहज उपलब्धता हुन नसक्नु दुःखद अवस्था रहेको बताए ।
क्यान्सर रोगको औषधि नेपालमा उपलब्ध पाउन कठिन रहेको र सरकारले कुनै पहल नगर्दा निःशुल्क पाउन सकिने औषधिबाट नेपाली वञ्चित हुन परेको विजुक्छेंले सो अवसरमा अध्यक्ष ओलीलाई जानकारी गराए । विजुक्छेँले आम नागरिकलाई विभिन्न खालका स्वास्थ्य शिविर सञ्चालन गरी प्रत्यक्ष रूपमा नेपालीलाई स्वास्थ्य सुविधा दिनेतर्फ ध्यान दिनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : १६ असार २०७९, बिहीबार  १० : ०६ बजे

संविधान र राष्ट्रिय हितमा आँच आए सडक र सदनबाट प्रतिवाद गर्छौं : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले संविधानमाथि छेडखानी

रूख काट्ने क्रममा एक जनाको मृत्यु, दुई घाइते

त्रिशूली– आज यहाँको बेलकोटगढी नगरपालिका–९ नलगाउँमा रूख काट्ने क्रममा एक

पर्यटन विकासलाई दिगो बनाउन गाउँ केन्द्रित हुनुपर्छ : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालको पर्यटन क्षेत्रलाई समावेशी

‘गाउँ पर्यटन प्रवर्द्धन मञ्च’को अध्यक्षमा थपलिया

काठमाडौं– गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) नेपालको अध्यक्षमा हरिशरण थपलिया

नेम्वाङ दाजुभाइको अन्त्येष्टी गर्ने तयारी

काठमाडौं- तीन दिनअघि पाटनको कृष्णमन्दिर परिसरमा हत्या गरिएका सिर्जन नेम्वाङ