वैज्ञानिकको सपना, सङ्घर्ष र भोगाइ ‘रकेट्री : द नम्बी इफेक्ट’ « Khabarhub

वैज्ञानिकको सपना, सङ्घर्ष र भोगाइ ‘रकेट्री : द नम्बी इफेक्ट’



वैज्ञानिक नम्बी नारायणको जीवनमा आधारित रहेर निर्माण गरिएको फिल्म ‘रकेट्रीः द नम्बी इफेक्ट’ सिनेमा हलमा प्रर्दशनमा आएको केही समय बितिसकेको छ। ओटीटीमा भने हालै प्रदर्शन गरिएको छ। फिल्ममार्फत् वैज्ञानिक नम्बीको जीवनयात्रालाई चित्रण गरिएको छ। उनले गरेका काम, सङ्घर्ष, भोगाइलाई समेटेर फिल्म निर्माण गरिएको छ। फिल्ममा मिडियामा आएको एक खबरले उनको परिवार र उनलाई पार्ने असरलाई कथानक बनाइएको छ।

उनी कुनै समय देशद्रोही घोषित भए। त्यसपछि उनले मात्र होइन, उनको परिवारले पनि धेरै कठिनाइ झेल्नुपर्यो। उनी देशद्रोही प्रमाणित भएनन् तर आरोपी हुँदा नै उनले जीवनको अर्को भोगाइलाई मससुस गरे। उनले रकेटलाई विज्ञानको संसारबाट देशको नाम उच्च बनाएका थिए। धेरै कठिनाइसँग जुधेर उनले रकेट इन्जिन बनाए। उनको यही कामको कारणले भू–उपग्रह प्रक्षेपण गर्न अन्य देशको भर पर्नुपरेन। उनले भारतलाई दिएको सफलता हो यो। तर, आरोपी हुँदा मात्र उनले प्रहरी र जनताबाट भोगेको अपमान मर्म स्पर्शी छ।

आर माधवनले निर्देशन गरेको यो फिल्ममा शीर्ष भूमिकामा उनै छन्। यसमा उनको लेखनसमेत रहेको छ। माधवनले नम्बीको बारेमा थाहा पाएपछि यो कथालाई आम दर्शकसम्म पुर्याउनुपर्छ भन्ने महसुस गरेको बताएका थिए। उनले एक अन्तर्वार्तामा यसमा आफ्नो महत्वाकाङ्क्षी प्रोजेक्टका रुपमा बताएका थिए। ‘यो कथा मेरो मनको निकै नजिक छ। यसलाई आम दर्शकसम्म पुर्याउन नै फिल्मको स्वरूप दिएको हुँ,’ उनले भनेका छन्।

आर माधवनले निर्देशन गरेको यो फिल्ममा शीर्ष भूमिकामा उनै छन्। यसमा उनको लेखनसमेत रहेको छ। माधवनले नम्बीको बारेमा थाहा पाएपछि यो कथालाई आम दर्शकसम्म पुर्याउनुपर्छ भन्ने महसुस गरेको बताएका थिए।

कथाकै कारण उनले यसमा अभिनय मात्र गरेनन्। निर्देशन पनि गरे। लगानीकर्तालाई कन्भिन्स गरे। किनकी उनलाई यो कथा धेरै दर्शकसम्म पुर्याउनु थियो। सन् २०१६ मा उनी नयाँ प्रोजेक्ट गर्ने तयारीमा थिए। उनलाई कसैले वैज्ञानिक नम्बी नारायणको बारेमा जानकारी दियो। त्यसपछि उनी भेट्न पुगे। उनले भेटेपछि आफैंमा पनि बदलाव महसुस गरे।

विदेशी महिलासँग सम्बन्ध स्थापित गरेर देशको जानकारी बेचेको आरोप लागेका नम्बीले अदालतबाट सफाइ पाएका थिए। तर, आरोपकै कारण उनले भोगेको यात्रा व्यक्त गर्न नसक्ने खालको थियो। त्यसपछि माधवनले फिल्म बनाउने सोच बनाए। उनलाई सात महिना लाग्यो स्क्रिप्ट बनाउन। हलमा ठिकठाक नै व्यापार गरेको फिल्म ओटीटीमा आएको छ। दर्शकको प्रतिक्रिया र भ्युज प्रारम्भिक नै छ। यद्यपि पछिल्लो समय दर्शकको आकर्षण ओटीटीमा छ।

फिल्ममा अभिनेता शाहरूख खानले विशेष भूमिका निर्वाह गरेका छन्। उनी हिन्दी र अंग्रेजी भाषाको फिल्ममा अन्तर्वार्ता गरिरहेको देखिएका छन्। तामिल भाषामा भने सूर्यालाई देख्न सकिन्छ। नम्बीको श्रीमतीको भूमिकामा मिना नारायण (सिमरन), उन्नी (साम मोहन), विक्रम साराभाई (रजत कपुर र तामिलमा रवि राघवेन्द्र), कलाम (गुलसन ग्रोवर)ले भूमिका निर्वाह गरेका छन्।

फिल्ममा नम्बी बाल्यकालदेखि नै उम्दा विद्यार्थी हुन्छन्। उनले आफ्नो कौशलताका कारण नासामा काम गर्ने मौकासमेत पाउँछन्। यद्यपि देशमा नै उनलाई बोलाइएपछि उनी स्वदेश फर्किन्छन्। आफ्नी पत्नी मिनासँग स्वदेश फर्किएका नम्बीको संघर्ष सुरु हुन्छ।

इस्रोमा बजेट कम त छ नै, उनले दक्ष टेक्निसियन पनि पाउँदैनन्। तर, उनको उद्देश्य रकेट इञ्जिन बनाउनु हुन्छ। उनले भारतलाई अन्य देशको तुलनामा सक्षम बनाउने प्रण लिन्छन्। तर, भावना र यथार्थ कहाँ एकै हुन्छ र ? उनले गर्ने संघर्ष छँदैछ। उनले प्रिन्स्टन पुगेर प्रोफेसर लुइजी क्रकोसँग १० महिनामा थेसिस पूरा गर्छन्। मुन मिसनको सर्वश्रेष्ठ वैज्ञानिकको रुपमा लुइजी क्रकोलाई मानिन्छ। उनले लिक्विड इञ्जिन बनाउने सपना पूरा गर्न युरोपमा पुगेर आइडिया लिन्छन्।

फिल्ममा अभिनेता शाहरूख खानले विशेष भूमिका निर्वाह गरेका छन्। उनी हिन्दी र अंग्रेजी भाषाको फिल्ममा अन्तर्वार्ता गरिरहेको देखिएका छन्। तामिल भाषामा भने सूर्यालाई देख्न सकिन्छ।

उनी मात्र नभई आफूसँग ७२ वैज्ञानिक साथीहरु समेत लैजान्छन्। किनकि यो टिमवर्क थियो। उनी एक्लैले गर्न सक्ने केही थिएन। त्यसैले उनी सरकारसँग आग्रह गरेर त्यहाँ पुग्छन्। फ्रान्स पुगेर उनले सामान्य मजदुरी गर्दै त्यहाँ लिक्विड इञ्जिन बनाउने तरिका बुझिरहेका हुन्छन्।

उनले आफ्ना साथीहरुलाई विभिन्न डिपार्टमा समेत पुर्याउछन्। उनले आफूलाई फ्रेन्च भाषा नआउने भन्दै त्यहाँ काम गराइरहेका हुन्छन्। यद्दपि त्यहाँ पुगेका सबै भाषामा पोख्त हुन्छन्। त्यहाँबाट फर्किएर आएर इञ्जिन त तयार पार्छन्। तर, त्यसलाई परीक्षण गर्न पुनः त्यहीँ पुग्नुपर्ने बाध्यता आइलाग्छ।

उनी पुनः युरोप पुगेर परीक्षण गर्छन्। र, त्यसको नाम विकाश इञ्जिन राखिन्छ। उनले युरोपभन्दा सस्तोमा इञ्जिनको पार्ट पाउने भएपछि अन्य देशसँग किन्ने सम्झौता गर्छन्। उनले यो सबै भारतले दिएको बजेट र रकेट उडाउने सपना बोकेर गरिरहेका हुन्छन्।
उनी आफैँले पनि सिकाइका क्रममा ठूला वैज्ञानिकको घरमा कामसमेत गर्छन्। किनकी उनको सपना सामान्य छैन। तर, उनलाई झुक्याएर राष्ट्रलाई नै धोका दिएको भन्ने झुटो मुद्दामा फसाइएको हुन्छ र त्यही मुद्दाका लागि उनले २६ वर्ष लामो लडाइँ लडेपछि न्याय पाउँछन्।

सन् १९९८ मा सर्वोच्च अदालतले नम्बी नारायणलाई निर्दोष घोषित गरेको थियो। तर, ८० वर्षीय नम्बी अदालतको यो निर्णयबाट खुसी हुँदैनन्। आफूलाई झुटो मुद्दामा फसाएकाहरूले सजाय नपाएसम्म सन्तुष्टि नहुने उनको अडान छ।

किनकी उनले नासा छाडेर भारत आएर देशको लागि गरेको योगदानलाई त्यो आरोपले ध्वस्त बनाएको हुन्छ। उनी आफ्नो योगदान वा त्यागको प्रतिफलमार्फत् खुसी हुँदैनन्। उनको कारण परिवारले भोगेको पीडाले उनलाई सुख दिँदैन। यहाँ एउटा वैज्ञानिकको जीवनभरको योगदान र एउटा आरोपले निम्त्याएको घटनालाई देखाइएको छ।

सन् १९९८ मा सर्वोच्च अदालतले नम्बी नारायणलाई निर्दोष घोषित गरेको थियो। तर, ८० वर्षीय नम्बी अदालतको यो निर्णयबाट खुसी हुँदैनन्। आफूलाई झुटो मुद्दामा फसाएकाहरूले सजाय नपाएसम्म सन्तुष्टि नहुने उनको अडान छ।

फिल्मको कथा लेखनमै झन्डै १८ महिनाभन्दा बढी समय लगाएका माधवनले यसलाई जीवन्त देखाउने प्रयास गरेका छन्। उनले नम्बीको भूमिकामा कुनै सम्झौता गरेका छैनन्। उनी दुरुस्तै छन्। उनले एउटा यस्तो व्यक्तिका बारेमा फिल्म बनाएका छन्, जो फिल्म हेरिसकेपछि धेरैकहाँ परिचित भएका छन्।

देशको रक्षा सबैले आफ्नो किसिमले गरिरहेका हुन्छन्। त्यही एक हुन्, डाक्टर नम्बी नारायण। फिल्म ओटीटीमा हिन्दी, अंग्रेजी, तामिल लगायतका भाषामा रिलिज गरिएको छ। हेर्दा तपाईंको समय खेर जाँदैन। यसले भारतमा रकेट इञ्जिनको विकास, कमर्सियल स्याटेलाइटको विकासलाई बुझ्न मद्दत गर्छ।

प्रकाशित मिति : १४ श्रावण २०७९, शनिबार  ७ : ०५ बजे

सुडानमा विमान दुर्घटना, विमानमा सवार १४ जनाको मृत्यु

जुवा – दक्षिण सुडानको राजधानी जुबा नजिकै सोमबार एउटा सानो

शेखर गोल्छालाई थप तीन दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । व्यवसायी शेखर गोल्छालाई तीन दिन हिरासतमा राखेर अनुसन्धान

ब्याटिङ नचल्दा दिल्लीको लज्जास्पद हार, आरसीबी ९ विकेटले विजयी

काठमाडौं – आईपीएल २०२६ मा रोयल च्यालेन्जर्स बेंगलुरुले आफ्नो छैटौँ

बागमतीमा मन्त्रालयको संख्या ७ मात्रै बनाउन विपक्षीको सुझाव

काठमाडौँ- नेकपाले बागमती प्रदेश सरकारमा मन्त्रालयको संख्या ७ वटामात्रै गर्न

पर्यटन प्रवर्द्धनका लागि नेपाली फोटो पत्रकार टोली बङ्गलादेश प्रस्थान

काठमाडौं – नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित नेपालका १० सदस्यीय