काठमाडौँका चोक-चोकमा फोहर थुप्रिदै | Khabarhub Khabarhub

काठमाडौँका चोक-चोकमा फोहर थुप्रिदै


१४ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बाटो मर्मतको कारण साबिकबमोजिम फोहर व्यवस्थापन हुन नसक्दा काठमाडौँको सडमा फोहर थुप्रिन थालेका छन् ।  

सिसडोलबाट बञ्चरेडाँडासम्म जाने सडक मर्मतको काम पूरा नभएकाले साबिकबमोजिम फोहर व्यवस्थापन हुन नसक्दा काठमाडौँको मुख्य चोकमा फोहर थुप्रिन थालेको हो । मुख्यगरी अनामनगर, कलङ्की, कालीमाटी, बल्खुलगायतका स्थानमा फोहर थुप्रिन थालेको छ ।  

यही असार ४ गते काठमाडौँ महानगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै सडक मर्मतको काम गर्नुपर्ने भएकाले एक हप्ताका लागि घरबाहिर फोहर ननिकाल्न आग्रह गरेको थियो । एक हप्ताको समयमा पनि सडक मर्मतको काम पूरा नभएपछि सबै सवारीसाधन चलाउन कठिन भएकाले फोहर व्यवस्थापनमा समस्या भएको कामपाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए। उक्त बाटो मर्मतको काम सम्पन्न गर्न अझै समय लाग्ने भएकाले कही दिन सबै स्थानको फोहर व्यवस्थापन गर्न कठिन हुने उनको भनाइ छ ।

त्यसैगरी बञ्चरेडाँडाका स्थानीयले सम्झौताअनुसार काम नभएको भन्दै आगामी भदौ १ गतेदेखि फोहर व्यवस्थापन गर्न नदिने चेतावनी दिएका छन् । समयमा नै सडक मर्मतको काम नगरेको, फोहर बोक्ने गाडीमा (लिचड ट्याङ्की) फोहरको लेदो रहने भाँडो व्यवस्था नगरिएको, स्थानीयको स्वास्थ्य बीमा, शिक्षाको ग्यारेन्टी जस्ता विषयबारे बेवास्ता गरिएको भन्दै स्थानीयवासीले फोहर व्यवस्थापन गर्न नदिने चेतावनी दिएका छन् ।   

कामपाले बञ्चरेडाँडाका स्थानीयको माग सम्बोधनको चरणका रहेको जनाउँदै उपत्यकाको कुहिने फोहर यही व्यवस्थापन गर्नका लागि स्थान पहिचानको काम गरिरहेको जानकारी दिएको छ । त्यसका लागि उपत्यकाको अन्य नगरपालिकासँगको सहकार्यमा जग्गा पहिचानको काम भइरहेको बताइएको छ । यसअघि हरेक दिन उपत्यकाबाट एक हजार दुई सय मेट्रिक टन फोहर सिसडोलमा व्यवस्थापन गरिँदै आएको थियो  । सबैभन्दा बढी कामपामा पाँच सय मेट्रिक टन फोहर निस्कने गर्दछ । उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहरमध्ये करिब ७५ प्रतिशत उक्त स्थानमा व्यवस्थापन गरिँदै आएको थियो ।

प्रकाशित मिति : १४ श्रावण २०७९, शनिबार  ५ : ०७ बजे

नवलपरासीमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु

नवलपरासी – नवलपरासी (बर्दघाट सुस्तापूर्व) को हुप्सेकोट गाउँपालिका–५ राम्चेमा पौडी

अवरुद्ध स्याफ्रुबेँसी–रसुवागढी सडक सञ्चालनमा

रसुवा – गत असार २४ गते ल्हेन्दे खोलामा आएको बाढीका

झोलुङ्गे पुल बनेपछि मोहना नदी वारपार गर्न सहज

कैलाली – यहाँको कैलारी गाउँपालिका– ४ भितरीया र वडा नं

धनगढीका सहायक वन अधिकृत यादव घुससहित रंगेहात पक्राउ

धनगढी – डिभिजन वन कार्यालय धनगढीका सहायक वन अधिकृत पूर्ण

सिरहा कारागार झडपबारे प्रतिवेदन तयार

सिरहा – जिल्ला कारागार सिरहामा आइतबार भएको कैदीबन्दीबीचको झडप सम्बन्धमा