एसइईका उत्कृष्ट विद्यार्थीलाई पुरस्कार « Khabarhub

एसइईका उत्कृष्ट विद्यार्थीलाई पुरस्कार


१४ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– केपिलासगढी गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा एसइईमा सबैभन्दा बढी अंक ल्याउने गाउँपालिकाभित्रका दुई विद्यार्थीलाई  एक/एक लाख नगद पुरस्कार प्रदान गर्ने भएको छ । गाउँपालिकाभरिको सामुदायिक विद्यालयबाट एसइई दिएकामध्येमा सबैभन्दा बढी अंक ल्याउने एक छात्र र एक छात्रालाई गाउँपालिकाले नगद पुरस्कार प्रदान गर्ने भएको हो ।

विद्यार्थीलाई सामुदायिक विद्यालयमा पढ्न अझ अभिप्रेरित गर्ने उद्देश्यले एसइईमा सबैभन्दा बढी अंक ल्याउने विद्यार्थीलाई पुरस्कारको व्यवस्था गरिएको गाउँपालिका प्रमुख समिर राईले बताए । विद्यार्थीलाई पुरस्कृत गर्ने कार्यक्रम गाउँपालिकाको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

यस्तै एसइई दिएका गाउँपालिकाभरिका गरिब तथा जेहेन्दार दुई छात्र/छात्रालाई गाउँपालिकाले पढाउने भएको छ । उनीहरूका लागि गाउँपालिकाले १८ महिने प्राविधिक शिक्षा अध्ययनको व्यवस्था मिलाउने तयारी गरिएको गाउँपालिकाले जनाएको छ ।

एसइईमा सबैभन्दा बढी  अंक ल्याउने दुई विद्यार्थी र गरिब तथा जेहेन्दार दुई विद्यार्थी पहिचान गर्ने कामको थालनीसमेत गरिएको गाउँपालिकाले जनाएको छ । उनीहरूलाई आगामी भदौ/२३ गते अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा सार्वजनिक गरेर पुरस्कार प्रदान गरिने जनाइएको छ ।

विसं २०७८ को एसइईमा गाउँपालिकाको सातवटा सामुदायिक विद्यालयबाट दुई सय ५२ विद्यार्थीले परीक्षा दिएका थिए । पछिल्लो समय सामुदायिक विद्यालयप्रति विद्यार्थीको आकर्षण घट्दै गएपछि त्यसलाई रोक्न गाउँपालिकाले विद्यार्थी प्रोत्साहन कार्यक्रम गाउँसभाबाटै पारित गरेर ल्याएको हो । 

गत वैशाख ९ गतेबाट २० गतेसम्म देशभर सञ्चालन भएको एसइई परीक्षाको नतिजा गत साउन ११ गते सार्वजनिक भइसकेको छ । जिल्लाबाट तीन हजार आठ सय नौ विद्यार्थी एसइई परीक्षामा सहभागी भएका थिए ।

प्रकाशित मिति : १४ श्रावण २०७९, शनिबार  ५ : ५७ बजे

धर्म प्रचार गरेको आरोपमा पाँच अमेरिकीसहित १० विदेशी पक्राउ

विराटनगर- मोरङको कानेपोखरी गाउँपालिका–७, बरगाछीमा आवश्यक अनुमति नलिई स्वास्थ्य शिविर

पटक–पटक टुटेको अमेरिकी प्रतिबद्धतालाई माफ गर्न सकिँदैन : इरान

तेहरान– इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले  अमेरिकी राष्ट्रपति डोनाल्ड

अछामको विकास निर्माणलाई गति दिन जोड

अछाम– जिल्लास्थित विभिन्न विकास निर्माण आयोजनाका प्रमुख, प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास

स्वर्णिमको भारत भ्रमणको अभिव्यक्तिलाई एमाले नेताले भने : आत्मसमर्पणवादी

काठमाडौं– नेकपा एमालेका नेता आनन्दप्रसाद पोखरेलले अर्थमन्त्री स्वर्णिम वाग्लेले भारत

प्रेमको प्रतीक ‘रानीमहल’ बगरमा परिणत

पाल्पा– पाल्पाको ऐतिहासिक रानीमहल कुनै समय प्रेमको प्रतीक बनेर पर्यटकलाई