टी–ट्वान्टी सिरिज : बंगलादेशविरुद्ध जिम्बावेको सानदार जित « Khabarhub

टी–ट्वान्टी सिरिज : बंगलादेशविरुद्ध जिम्बावेको सानदार जित


१४ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बंगलादेशविरुद्धको टी–ट्वान्टी सिरिजको पहिलो खेलमा जिम्बावे विजय भएको छ ।शनिबार भएको खेलमा जिम्बावेले बंगलादेशलाई १७ रनले हराएको छ ।यससँगै घरेलु टोलीले ३ खेलको टी–ट्वान्टी सिरिजमा १–० को अग्रता लिएको छ ।

जिम्बावेले दिएको २०६ रनको लक्ष्य पछ्याएको बंगलादेशले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर मात्र १८८ रन बनायो । बंगलादेशका लागि कप्तान नुरउल हसनले सर्वाधिक ४२ रनको योगदान गरे ।

त्यस्तै नजमल हसन सान्तोले ३७ रन बनाउँदा लिन्टन दासले ३२ रन तथा अनमुलले २६ रन जोडे । बलिङतर्फ जिम्बावेका लागि लुक जोङ्ग्वेले दुई तथा रिचार्ड नगर्भा, विलिङ्टन मासाकाट्जा तथा सिकन्दर राजाले समान एक–एक विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको जिम्बावेले २० ओभरमा ३ विकेट गुमाएर २०५ रन बनाएको थियो । जिम्बावेका लागि वेस्ले माधेवेरे र सिकन्दर राजाले अर्धशतकीए पारी खेले । माधेवेरेले ६७ रन बनाउँदा राजा ६५ रनमा अविजित रहे । त्यस्तै सेन विलियम्सले ३३ तथा कप्तान क्रेग ईभिन्सले २१ रन बनाए ।

बलिङतर्फ बंगलादेशका लागि मुस्ताफिजुर रहमानले दुई विकेट लिँदा मोसाडिक हुसाइनले एक विकेट लिए । दुई टोलीबीचको दोस्रो टी–ट्वान्टी आइतबार हुनेछ ।

प्रकाशित मिति : १४ श्रावण २०७९, शनिबार  १० : १६ बजे

ग्यास खोज्दै सिलिन्डर बोकेर सिंहदरबार घेर्न पुगे विद्यार्थी (तस्बिरहरू)

काठमाडौं– एक महिनादेखि जारी खाना पकाउने ग्यास अभावले सर्वसाधारणको दैनिकी

भक्तपुरमा पञ्चदान पर्वको रौनक (तस्बिरहरू)

भक्तपुर– बौद्ध धर्मावलम्बी नेवार समुदायको महत्त्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्व पञ्चदान

राष्ट्रियसभामा विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेस

 काठमाडौं- राष्ट्रियसभाको आजको बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको

सरकारलाई राष्ट्रपति पौडेलको सुझाव : बाढीपीडित व्यवस्थापन र पुनर्निर्माण तीव्र बनाऊँ

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढीप्रभावितहरूको तत्काल व्यवस्थापन, सडक तथा

बालबालिकालाई सामाजिक सञ्जालमा ईयुको कडाइ

एजेन्सी– बालबालिकालाई अनलाइन जोखिमबाट जोगाउन युरोपेली सङ्घ (ईयु) ले सामाजिक