तिलहरीमा नायिका पूजा शर्माको तीज (फोटो फिचर) « Khabarhub

तिलहरीमा नायिका पूजा शर्माको तीज (फोटो फिचर)


१४ भदौ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नायिका पूजा शर्मा पछिल्लो समय सफल मानिन्छिन् । केही समयअघि उनी अभिनीत फिल्म ‘म यस्तो गीत गाउँछु २’ ले राम्रै व्यापार गरेको थियो ।

पल शाह बलात्कार प्रकरणमा जेल परेको सेन्टिमेन्टमा राम्रै व्यापार गरेको फिल्मबाट पूजा शर्मा हाइहाइ भएकी थिइन् ।

उनी आफैँले लगानी गरेको भनिएको फिल्म सुदर्शन थापाले निर्देशन गरेका थिए । पल र पूजा मुख्य कलाकार रहेको फिल्मले राम्रो चर्चा र सफलता पाएको दाबी गरिएको थियो । पूजाको अहिले ‘सम्हालिन्छ कहिले मन’ फिल्म पनि प्रदर्शनमा आउने तयारीमा छ ।

नारीहरूको महान् पर्व मानिने हरितालिका तीजमा पूजाले तिलहरी लगाएर फोटो सेसन गरेकी छन् । तिलहरीमा संस्कारी महिलाका रूपमा प्रस्तुत भएकी पूजा हिजोआज नयाँ फिल्मको प्रचारमा व्यस्त छिन् । पूर्व प्रेमी समेत रहेका आकाश श्रेष्ठसमेतले अभिनय गरेको कहिले सम्हालिन्छ मन केही समयपछि हलमा लाग्ने फिल्म हो ।

यसैको प्रचारमा दौडिएकी नायिका पूजा शर्मालाई तीजले भने छपक्कै छोपेको देखिन्छ । अहिलेसम्म अविवाहित पूजा हिजोआज नयाँ केटासँग अफेयरमा छिन् । केही समयअघि उनले आफ्ना नयाँ प्रेमीको फोटो सामाजिक सञ्जालमै पोष्ट गरेकी थिइन् ।

 

प्रकाशित मिति : १४ भदौ २०७९, मंगलबार  ११ : २३ बजे

कात्तिक १५ गतेदेखि नागढुङ्गा सुरुङमार्गमा सवारी शुल्क लाग्ने

काठमाडौँ– नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाले यही कात्तिक १५ गतेदेखि सुरुङमार्ग

फूलको अग्रिम माग हुन थालेपछि व्यवसायी उत्साहित

कञ्चनपुर– तिहार नजिकिँदै गर्दा फूलको अग्रिम माग आउन थालेपछि कञ्चनपुरका

बुढीगण्डकी बाढीबाट माछाखोलामा करोडौँको क्षति (तस्बिर)

गोरखा– असोज २५ गते आएको बाढीले गोरखाको धार्चे गाउँपालिका–५ स्थित

विपदबाट क्षतिग्रस्त भौतिक संरचना पुनर्निर्माणका लागि श्रमदान

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारका बासिन्दा श्रमदान अभियानबाट क्षतिग्रस्त भौतिक

मनास्लुको स्याउ गोदाममै थन्कियो

गोरखा– बूढीगण्डकी बाढीले पुल र बाटो बगाएपछि उत्तरी गोरखाको मनास्लु