तिलहरीमा नायिका पूजा शर्माको तीज (फोटो फिचर) « Khabarhub

तिलहरीमा नायिका पूजा शर्माको तीज (फोटो फिचर)


१४ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नायिका पूजा शर्मा पछिल्लो समय सफल मानिन्छिन् । केही समयअघि उनी अभिनीत फिल्म ‘म यस्तो गीत गाउँछु २’ ले राम्रै व्यापार गरेको थियो ।

पल शाह बलात्कार प्रकरणमा जेल परेको सेन्टिमेन्टमा राम्रै व्यापार गरेको फिल्मबाट पूजा शर्मा हाइहाइ भएकी थिइन् ।

उनी आफैँले लगानी गरेको भनिएको फिल्म सुदर्शन थापाले निर्देशन गरेका थिए । पल र पूजा मुख्य कलाकार रहेको फिल्मले राम्रो चर्चा र सफलता पाएको दाबी गरिएको थियो । पूजाको अहिले ‘सम्हालिन्छ कहिले मन’ फिल्म पनि प्रदर्शनमा आउने तयारीमा छ ।

नारीहरूको महान् पर्व मानिने हरितालिका तीजमा पूजाले तिलहरी लगाएर फोटो सेसन गरेकी छन् । तिलहरीमा संस्कारी महिलाका रूपमा प्रस्तुत भएकी पूजा हिजोआज नयाँ फिल्मको प्रचारमा व्यस्त छिन् । पूर्व प्रेमी समेत रहेका आकाश श्रेष्ठसमेतले अभिनय गरेको कहिले सम्हालिन्छ मन केही समयपछि हलमा लाग्ने फिल्म हो ।

यसैको प्रचारमा दौडिएकी नायिका पूजा शर्मालाई तीजले भने छपक्कै छोपेको देखिन्छ । अहिलेसम्म अविवाहित पूजा हिजोआज नयाँ केटासँग अफेयरमा छिन् । केही समयअघि उनले आफ्ना नयाँ प्रेमीको फोटो सामाजिक सञ्जालमै पोष्ट गरेकी थिइन् ।

 

प्रकाशित मिति : १४ भाद्र २०७९, मंगलबार  ११ : २३ बजे

दश अर्ब ७० करोड बढीको अलैँची निर्यात

भद्रपुर– मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२/८३ को चैत

पहिरोले डोजर पुर्दा चालकको मृत्यु

म्याग्दी– यहाँको रघुगङ्गा गाउँपालिका–१ बेगमा आज पहिरोले डोजर पुर्दा चालकको

बल्खु खोलामा ‘गरिब’ इन्द्रबहादुरको ‘गल्ती’

काठमाडौं– गत ९ वैशाखमा राजीनामा दिनुअघि गृहमन्त्री सुधन गुरुङले सामाजिक

व्यासद्वारा ५२ गर्भवतीलाई पोषणभत्ता उपलब्ध

दमौली– व्यास नगरपालिकाले चालु आर्थिक वर्षमा ५२ जना गर्भवतीलाई पोषणभत्ता