विपदबाट क्षतिग्रस्त भौतिक संरचना पुनर्निर्माणका लागि श्रमदान « Khabarhub

विपदबाट क्षतिग्रस्त भौतिक संरचना पुनर्निर्माणका लागि श्रमदान


१२ कार्तिक २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारका बासिन्दा श्रमदान अभियानबाट क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माणमा जुटेका छन् ।

गत असोज ८ देखि ११ गतेसम्मको अविरल वर्षापछि गएको पहिरोले पाउद्वारसहित गिवाङ, नेपाने, किन्दु, धोस्केखोर र घिरवाङका बस्ती पनि प्राकृतिक नाकाबन्दीमा परेका छन् ।

पाउद्वारका बासिन्दासमेत रहेका अन्नपूर्ण गाउँपालिका–५ का वडाध्यक्ष राजेश तिलिजा पुनले खानेपानी, पदमार्ग र विद्युत् मर्मतका लागि श्रमदान चलिरहेको जानकारी दिए ।

‘तीन वटा टोलको फरकफरक समूह बनाएर क्षतिग्रस्त भौतिक संरचना पुनर्निर्माणको काम भइरहेको छ’, उनले भने, ‘यसै हप्तादेखि विद्युत् सेवा सञ्चालन भएको छ । घारदेखि पाउद्वार र पाउद्वारदेखि पर्यटकीयस्थल खोपारा जाने पदमार्ग सञ्चालन भइसकेको छ ।’

पछिल्लो केही दिनयता खानेपानी आपूर्ति सहज बनाउनका लागि श्रमदान चलिरहेको छ । हेलिकप्टरबाट ट्रान्सफर्मर लगेर विद्युत् आपूर्ति सञ्चालन गरिएको हो । पाउद्वारका बासिन्दा हरि तिलिजाले सरकारी निकायको सहयोगको आश गर्दा ढिलाइ र दुःख हुने भएकाले सम्भव भएका काम श्रमदानबाट गरिएको बताए ।

गाउँपालिकाको केन्द्र पोखरेबगरदेखि घारखोला, नेपाने, पाउद्वार, घिरबाङ, किन्दु र धोस्केखोर हुँदै वडा कार्यालय रहेको शिख जोड्ने सडक पहिरोले क्षत्विक्षत बनाएको छ ।

सडकमा पैदल हिँड्नसमेत कठिन छ । खाद्यान्न र दैनिक उपभोग्य सामग्री ढुवानी गर्ने खच्चरसमेत हिँडाउन सकिने अवस्था छैन । खच्चर र घोडामार्फत खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न सहज हुने भएकाले पदमार्ग मर्मतमा जुटेको स्थानीयवासी जसे पुनले बताए ।

दुई सयभन्दा बढी घर रहेको पाउद्वारका चार वटा टोलमा यसअघि १७० घरपरिवारको बसोबास थियो । विपद्का बेला हेलिकप्टरबाट उद्धार गरिएका गाउँलेसहित विस्थापित परिवार आश्रयस्थलबाट आफन्त र छिमेकीको घरमा सरेका छन् ।

गाउँ फर्किने बाटो र आधारभूत सेवा अवरुद्ध भएपछि पाउद्वारका बासिन्दा आफ्नै गाउँमा सहज रूपमा बस्न पाउनेमा ढुक्क हुन सकेका छैनन् । आगामी वर्षायाममा फेरि यस्तै विपद् दोहोरिने हो कि भन्ने चिन्ता उनीहरूमा रहेको छ । पहिरोले गाउँका बस्ती, आवागमन र आधारभूत सेवा प्रभावित भएपछि पाउद्वारका बासिन्दा तत्काल राहतसँगै दीर्घकालीन सुरक्षित बसोबासको प्रतीक्षामा छन् ।

प्रकाशित मिति : १२ कार्तिक २०८३, बिहिबार  ९ : १५ बजे

फूलको अग्रिम माग हुन थालेपछि व्यवसायी उत्साहित

कञ्चनपुर– तिहार नजिकिँदै गर्दा फूलको अग्रिम माग आउन थालेपछि कञ्चनपुरका

बुढीगण्डकी बाढीबाट माछाखोलामा करोडौँको क्षति (तस्बिर)

गोरखा– असोज २५ गते आएको बाढीले गोरखाको धार्चे गाउँपालिका–५ स्थित

विपदबाट क्षतिग्रस्त भौतिक संरचना पुनर्निर्माणका लागि श्रमदान

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारका बासिन्दा श्रमदान अभियानबाट क्षतिग्रस्त भौतिक

मनास्लुको स्याउ गोदाममै थन्कियो

गोरखा– बूढीगण्डकी बाढीले पुल र बाटो बगाएपछि उत्तरी गोरखाको मनास्लु

नेपाली कांग्रेसका पदाधिकारी र केन्द्रीय सदस्यहरूले आज शपथग्रहण गर्दै

काठमाडौँ– नेपाली काङ्ग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि