तीजको मौलिकता कायम राख्न आवश्यक : मुख्यमन्त्री शाही « Khabarhub

तीजको मौलिकता कायम राख्न आवश्यक : मुख्यमन्त्री शाही


१४ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कर्णाली- कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले हरितालिका तीजको मौलिकता कायम राख्दै भड्किलोपन एवं खर्चिलोपनलाई हटाउँदै जानु अति आवश्यक रहेको बताएका छन् । तीजको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले भड्किलोपन हटाउन सके पर्वको सांस्कृतिक महत्त्वको जगेर्ना हुने विश्वास व्यक्त गरे।

मुख्यमन्त्री शाहीले तीज पर्वले समाजमा विद्यमान लैङ्गिक, जातीय विभेदलगायत सबै प्रकारका असमानताहरूको अन्त्य गर्दै समतामूलक समाज निर्माणमा अग्रसर हुन उत्प्रेरित गर्न सकोस् भन्ने शुभेच्छा व्यक्त गरेका छन्।

सन्देशमा भनिएको छ, “तीजले समाजलाई भावनात्मक एकताको सूत्रमा बाँध्न मद्दत गरेको छ, यसको आफ्नै मौलिकता छन्, चेली–माइती, साथी–सङ्गी, परिवार एवं आफन्तजनबीचको सम्बन्धलाई प्रगाढ बनाएको छ ।” साथै मुख्यमन्त्रीले यस्ता धार्मिक/सांस्कृतिक पर्वले नेपालीहरूको बीचमा विविधतामा एकता, धार्मिक सहिष्णुता तथा सामाजिक सद्भाव कायम गर्न सहयोग पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।

खासगरी हिन्दु महिलाहरूले भाद्र शुक्ल तृतीयाका दिन मनाउने यो पर्वमा भगवान् शिवको आराधना गर्दै सौभाग्य, दीर्घायु र पारिवारिक सुखको कामनासहित उपवास बस्नाले मनोकामना पूरा हुने जनविश्वास रहिआएको छ ।

प्रकाशित मिति : १४ भाद्र २०७९, मंगलबार  ११ : ५४ बजे

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

म्याग्दी – बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको

रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग

मेसी बने सय वर्ष पुरानो फुटबल क्लबको मालिक

काठमाडौँ – अर्जेन्टिनाका स्टार फुटबलर लिओनेल मेसीले स्पेनिस सेकेन्ड डिभिजन

यु-१९ विश्वकप र एनपिएलको तयारी : के के बन्दैछन् पूर्वाधार ?

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) आगामी दुई ठूला प्रतियोगिता

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । बिहान