तीजको मौलिकता कायम राख्न आवश्यक : मुख्यमन्त्री शाही « Khabarhub

तीजको मौलिकता कायम राख्न आवश्यक : मुख्यमन्त्री शाही


१४ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कर्णाली- कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले हरितालिका तीजको मौलिकता कायम राख्दै भड्किलोपन एवं खर्चिलोपनलाई हटाउँदै जानु अति आवश्यक रहेको बताएका छन् । तीजको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले भड्किलोपन हटाउन सके पर्वको सांस्कृतिक महत्त्वको जगेर्ना हुने विश्वास व्यक्त गरे।

मुख्यमन्त्री शाहीले तीज पर्वले समाजमा विद्यमान लैङ्गिक, जातीय विभेदलगायत सबै प्रकारका असमानताहरूको अन्त्य गर्दै समतामूलक समाज निर्माणमा अग्रसर हुन उत्प्रेरित गर्न सकोस् भन्ने शुभेच्छा व्यक्त गरेका छन्।

सन्देशमा भनिएको छ, “तीजले समाजलाई भावनात्मक एकताको सूत्रमा बाँध्न मद्दत गरेको छ, यसको आफ्नै मौलिकता छन्, चेली–माइती, साथी–सङ्गी, परिवार एवं आफन्तजनबीचको सम्बन्धलाई प्रगाढ बनाएको छ ।” साथै मुख्यमन्त्रीले यस्ता धार्मिक/सांस्कृतिक पर्वले नेपालीहरूको बीचमा विविधतामा एकता, धार्मिक सहिष्णुता तथा सामाजिक सद्भाव कायम गर्न सहयोग पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।

खासगरी हिन्दु महिलाहरूले भाद्र शुक्ल तृतीयाका दिन मनाउने यो पर्वमा भगवान् शिवको आराधना गर्दै सौभाग्य, दीर्घायु र पारिवारिक सुखको कामनासहित उपवास बस्नाले मनोकामना पूरा हुने जनविश्वास रहिआएको छ ।

प्रकाशित मिति : १४ भाद्र २०७९, मंगलबार  ११ : ५४ बजे

हात्तीपाइलेविरुद्धको दशदिने औषधि सेवन अभियान

खजुरा– जिल्लामा १६औँ पटक हात्तीपाइलेविरुद्धको औषधि सेवन अभियान सुरु भएको

एमाले स्याङ्जाले बनायो गैरेको नेतृत्वमा निर्वाचन परिचालन कमिटी

काठमाडौं– नेकपा (एमाले) स्याङ्जाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

मकवानपुरका ग्रामीण क्षेत्रमा चुनावी चहलपहल

बाग्मती– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

शिर उठाउन नसकेका शेरबहादुर !

बीपीले देश दौडाहामा शेरबहादुर देउवालाई सर्वत्र लिएर जान थालेपछि समकालीन

बालेनले गरे पाथिभरा माताको दर्शन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र शाह