सिन्धुलीमा जङ्गली हात्तीको आतंक « Khabarhub

सिन्धुलीमा जङ्गली हात्तीको आतंक


१४ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुली– जिल्लामा जङ्गली हात्तीको त्रास बढेको छ । रातको समयमा गाउँ पसेर आतंक मच्चाउन थालेपछि त्रास बढेको हो । तीन वटा हात्तीले दुधौली नगरपालिकामा मात्रै वर्षको चार पटकसम्म दुःख दिने गरेको स्थानीयवासी बताउँछन्  ।

‘हात्तीले कहिले कुन ठाउँमा पुगेर आतंक मच्चाउँछन् भन्ने कसैलाई थाहा हुँदैन, जहिल्यै त्रासमा बस्नु परेको छ’, दुधौली नगरपालिका–३ खट्टेपानीकी आइतीमाया सार्कीले सुनाए । एक हप्तादेखि कमलामाई नगरपालिकाको वडा नम्बर ८, ९, १०, १३ र १४ मा प्रवेश गरेको हात्तीले घर भत्काउनुका साथै अन्नबाली नास गर्न थालेपछि छिमेकी वडाका स्थानीय बासिन्दाको समेत निद्रा हराम भएको छ । 

हात्ती गाउँ पसेको जानकारी दिने भरपर्दो सूचना प्रणाली नभएकोले यस्तो समस्या भएको स्थानीय  बचरी कार्कीले बताए । उनी भन्छन्, । ‘हात्ती गाउँमा पसेको जानकारी दिइने साइरन वा अन्य भरपर्दो सूचना प्रणाली अपनाउन सके यसबाट हुने मानवीय तथा भौतिक क्षतिमा कमी आउने थियो ।’

गत शनिबार हरितालिका तीजको लागि कुटेर राखेको एक मुरी चामल हात्तीले खाइदिएको स्थानीय पूर्णबहादुर मश्राङ्गीले बताए । घरको एक पाखो भत्काई थप पाँच बोरा धान नास गरिदिएको उनको भनाइ छ । उनको छिमेकी बालानन्द बरालको आइतबार राति करिब दुई कठ्ठामा लगाएको धान उखेलेर र माडेर सखाप बनाइदिएको छ ।

‘राति सुतिराखेको बेलामा तीनवटा हात्ती आएर खेतमा भर्खर मलजल गरी हरियो भएको धान माडेर मैदान बनाएर सखाप बनाइदियो । म त आँखा देख्दिन, राति हात्ती आयो भनेर सबैले हल्लाखल्ला गरेपछि थाहा भयो’, एकहत्तर वर्षीय बरालले भने, ‘हात्तीले माडेर मैदान पारेको धान अब सखाप भयो, यसको क्षतिपूर्ति पाउन पाए हुन्थ्यो ।’

यही सात भदौमा कमलामाई नगरपालिका–९ मा देखिएको हात्तीले हालसम्म कहाँ र कति क्षति गर्यो भन्ने यकिन तथ्यांक  संकलन भइसकेको छैन । एक सातामा हात्तीले दर्जनौं गोठ, भान्साघर भत्काउनुका साथै अन्नपात, केरा र धान खेतीमा क्षति पुर्‍याएको बताइएको छ । 

जङ्गली हात्तीले गाउँमा पसेर गरेको क्षतिबारे स्थानीयले जानकारी दिएपछि कमलामाई नगरपालिकाका प्रमुख उपेन्द्रकुमार पोख्रेल आइतबार र सोमबार स्थलगत निरीक्षणमा निस्कनु भएको थियो । अनुगमनको क्रममा केही घर आंशिक रुपमा भत्काई दिएको र अन्नबालीमा नोक्सान गरेको पाइएको उनले बताए । ‘हात्तीले नोक्सान गरेको यकिन विवरण सम्बन्धित वडालाई तत्काल सिफारिस गर्नु भनेको छु । हात्ती पीडितलाई उचित क्षतिपुर्तिको व्यवस्था हामी गछौँ’, नगरप्रमुख पोख्रेलले भने।

हात्तीको आक्रमणले पुर्‍याएको नोक्सानी अनुसार वडाको सिफारिसमा नगरपालिकाले तत्काल राहत उपलब्ध गराउने उनले आश्वास दिएका छन् । धेरै समयअगाडिबाट हात्तीको समस्या उस्तै रहेकोले यसको न्यूनिकरण गर्न सम्बन्धित निकायसँग समन्वय समेत भइरहेको उनले बताए । 

हात्तीको त्रासले गर्दा स्थानीहरू रातभर जाग्राम बस्नुपर्ने बाध्यतामा छन् । हात्तीको आक्रमणबाट बच्न थप सजग रहन नगर प्रमुख पोख्रेलले सबैलाई आग्रह गर्नु भएको छ । तीन वटा हात्तीको समुहले यसअघि भत्काएका घरहरूको पुननिर्माण सुरु नहुँदै पुनः भत्काउन सुरु गरेपछि हात्ती पीडित स्थानीय बासिन्दा चिन्तित भएका छन् ।

प्रकाशित मिति : १४ भाद्र २०७९, मंगलबार  ३ : ०९ बजे

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल भदौ ८ गते सोमबार सन् २०२६

आज २०८३ साल भदौ ८ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ८ गते सोमबार सन् २०२६

सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन

कपिलवस्तु – सशस्त्र प्रहरी बल नेपाल नं ५ विन्ध्यवासिनी बाहिनी

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताका लागि केन्द्रित हुनुपर्छ : अध्यक्ष बिजुक्छे

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सत्तामा