पाकिस्तानमा बाढी पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या १ हजार १ सय ३६ पुग्यो « Khabarhub

पाकिस्तानमा बाढी पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या १ हजार १ सय ३६ पुग्यो


१४ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पाकिस्तानका विभिन्न भागमा अविरल वर्षासँगै आएको बाढी पहिरोका कारण एक हजार एक सय ३६ जनाको मृत्यु भएको छ ।

सरकारी अधिकारीले दिएको जानकारी अनुसार बाढी पहिरोका कारण एक हजार एक सय ३६ जनाको मृत्यु भएको छ भने अरु तीन करोड ३० लाखभन्दा बढी प्रभावित भएका छन् ।

हरेक सात जना पाकिस्तानी नागरिकमा एक जना बाढीपहिराबाट पीडित भएको जनाइएको छ ।

राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका अनुसार पाकिस्तानमा बितेका दुई महिनामा वर्षाजन्य घटनामा परेर हालसम्म एक हजार एक सय ३६ जनाको मृत्यु भएको छ भने अरु एक हजार छ सय ३४ जना घाइते भएका छन् ।

पछिल्लो २४ घण्टामा २८ जनाको ज्यान गएको जनाइएको छ । पाकिस्तानका बलुचिस्तान, गिलगिट बाल्टिस्तान, खैबर पख्तुनख्वा र सिन्ध प्रान्त बाढी पहिरोबाट बढी प्रभावित भएका छन् ।

बाढी पहिरोका कारण तीन हजार चार सय ५७ किलोमिटर सडक बगाएको, एक सय ५७ पुल भत्काएको, २० लाख एकडमा लगाएको बाली नष्ट भएको, एक सय ८० पसल बगाएको, नौ लाख ४९ हाजर आठ सय ५८ भन्दा घरमा क्षति भएको तथा सात लाखभन्दा बढी चौपाया मरेका छन् ।

हालसम्म ५१ हजार दुई सय ७५ जनालाई उद्धार गरिएको तथा चार लाख ९८ हजार चार सय ४२ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

वर्षासँगैको बाढी र पहिरोका कारण देशमा आपतकाल घोषणा गरिएको छ । साथै सरकारले बाढीपहिरो प्रतिकार्यसमबन्धी कामलाई संस्थागतरूपमा सम्पादन गर्न समन्वय केन्द्र स्थापना गरेको छ ।

बाढीले निम्त्याएको भीषण परिस्थितिको सामना गर्न तथा क्षति भएका भौतिक संरचनालाई पुनः स्थापना गर्न प्रयास भइरहेको छ ।

प्रकाशित मिति : १४ भाद्र २०७९, मंगलबार  ३ : ४० बजे

मार्कोसविरुद्ध महाभियोग उजुरी दर्ता

एजेन्सी– फिलिपिन्सका नागरिक समाज समूहका सदस्यहरूले बिहीबार राष्ट्रपति फर्डिनान्ड मार्कोसविरुद्ध

‘रातो सारीमा सजिएकी म’

काठमाडौं – रातो सारी लगाएको तस्बिहरु सार्वजनिक गरेपछि नायिका सनिशा

गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता 

काठमाडौं– सरकारको प्रवक्ताको जिम्मेवारी गृहमन्त्री ओमप्रकाश अर्याललाई दिइएको छ ।

हिट फिल्म ‘ऊनको स्वीटर’ युट्युबमा

काठमाडौं – नायक विपीन कार्की र नायिका मिरुना मगर स्टारर

जाँचबुझ आयोगको म्याद २० दिन थपियो

काठमाडौं– सरकारले जेन-जी आन्दोलनका क्रममा भएको घटनाबारे अनुसन्धानका लागि गठन